नर्सिङ काउन्सिलको सदस्यमा सानु तुलाधर र दुर्गालक्ष्मी श्रेष्ठ नियुक्त

काठमाडौँ, २४ पुस । सरकारले नेपाल नर्सिङ काउन्सिलको रिक्त सदस्य पदमा नर्सद्धय सानु तुलाधर र दुर्गालक्ष्मी श्रेष्ठलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले तुलाधर र श्रेष्ठलाई काउन्सिलको सदस्य पदमा नियुक्त गरेको हो।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न गरिएको सरकारको नियमित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुल बास्कोटाले सो जानकारी दिएका हुन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सिफारिस गरेको तुलाधर र श्रेष्ठको नाम नियुक्तिका लागि प्रस्ताव गरेका थिए।

मन्त्रालयले तुलाधारलाई क्याम्पस प्रमुख तर्फबाट र श्रेष्ठलाई सरकारी कोटाबाट सिफारिस गरेको थियो।

तुलाधर स्वयंम्भूमा रहेको मोडल कलेजको क्याम्पस प्रमुख हुन् । श्रेष्ठ भने नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालको नर्सिङ निर्देशक (एघारौँ तह) हुन् । काउन्सिलमा अझै मेट्रोनहरुका तर्फबाट हुने सदस्य पद खाली नै रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *