दीर्घकालीन दुखाई (Chronic Pain) भनेको के हो ? यसको व्यवस्थापन कसरी गर्ने ?

- नेपाली हेल्थ
– डा. निनादिनी श्रेष्ठ

– डा. निनादिनी श्रेष्ठ 

कुनै पनि शारीरिक अंगमा हुने दुखाई जुन कुनै चोट अथवा रोगसँग जोडिएका हुन्छ तर रोग निको भए पनि दुखाई कम हुँदैन र यो दुखाई तीन महिना भन्दा लामो अवधी रहन्छ भने त्यहि नै दीर्घकालीन दुखाईको परिभाषा हो ।

यस्ता प्रकारका दुखाईले मानिसलाई यति बिघ्न बाधा दिइराखेको हुन्छ कि केहि व्यक्ति यसैका कारण समाजबाट समेत तिरस्कृत हुन पुग्छन्,  विशेष गरी महिलाहरु ।

कसै कसैले यसकै कारण आत्महत्या जस्तो कठोर कदम पनि लिएको थुप्रै नजीर पाईन्छ हाम्रै समाजमा।

यो किसिम को दीर्घकालीन दुखाई आफैंमा एउटा रोगमा परीणत भैदिन्छ र यो किसिमको समस्याको उपचार गर्न निकै जटिल, लामो समय लाग्ने र धेरै श्रोतसाधनको खर्च गर्नुपर्ने हुन्छ। त्यस्ता दीर्घकालीन दुखाई (Chronic Pain) का केहि उदाहरण दियौं भने उपयुक्त हुन्छ होला ।

लामो समय देखिको ढाड दुख्ने समस्या( Low Back Ache), हाडजोर्नीका दुखाईहरु (Joint Pain), बाथका कारण उठेको दुखाईहरु, केहि नशामा हुने दुखाईहरु जस्तै : मधुमेहका कारण हुने हात खुट्टा झम झमाउने दुखाई (Diabetic Neuropathy), ट्राइजेमिनलन यूराल्जिया अर्थात अनुहार बेस्सरी दुख्नेरोग (Trigeminal Neuralgia),  जनै खटिरा पछि हुने दुखाई (Post Herpetic Neuralgia), टाउको दुख्ने रोग (Migraine), अबुर्द रोगका कारण हुने दुखाई (cancer pain), एड्स (AIDS) , स्क्लेरोदर्मा (Scleroderma), मल्टिपल स्क्लेरोसिस( Multiple Sclerosis) आदि ईत्यादी सबै दीर्घकालीन दुखाई (Chronic Pain)का उदाहरण हुन्।

दुखाई धेरै जसो हाम्रो भावनाहरुसंग जोडिएका हुन्छन् । दुखाईको अनुभुतिले व्यक्तिको आनीबानी,  व्यवहार, समाजिक संस्कार, आत्म विश्वास सबैमा फरक पर्न जान्छ । त्यसैले यस्तो किसिमको रोगको उपचार गर्न स्वास्थ्यकर्मीसँग परामर्श, विभिन्न उपचार पद्दतिऔषधिको प्रयोग संगै परिवार र साथीभाईको साथ र हौसलाको पनि उत्तिकै आवश्यकता पर्छ ।

दुखाई कति प्रकारका हुन्छन्  ? 

सामान्यत दुखाईको दुखाइ हुन थालेको अवधी र दुखाईको प्रकृति हेरेर यसका प्रकार छुट्याउने गरिन्छ। जस्तै दुखाई हुन थालेको अवधिको आधारमा अल्पकालिन  दुखाई (Acute Pain) र दीर्घकालिन दुखाई  (chronic pain) गरी दुई भागमा बाढेर छुट्याउछौँ ।

दुखाईको प्रकृति हेरेर पनि दुखाईलाई बुझ्न सक्छौँ। त्यसमा एउटा चोटपटक लागेर हुने दुखाई  (नोसिसेप्टीक/ Nociceptive) र अर्को स्नायु अर्थात नशा सम्वन्धी प्रणालीमा आएको गडबढीले हुने दुखाई अर्थात (न्युरोप्याथिक/ Neuropathic) भन्दछौँ।

समयको आधारमा हेर्दा कुनै पनि दुखाई बढीमा तीन महिना सम्म रहन्छ त्यसपछि निको हुन्छ । त्यसलाई हामी अल्पकालीन दुखाई भन्दछौँ।तर तीन महिना भन्दा बढी अर्थात लामो समय सम्म वा भनौँ जीवनकाल सम्म निरन्तर दुखाई आइ रहेयो भने त्यसलाई हामी क्रोनिक पेन अर्थात दीर्घकालीन दुखाई भन्दछौँ । 

दीर्घकालीन दुखाईको सहज ढंगले समस्या पत्ता नलाग्न सक्छ । बाहिर चोट नदेखिने तर नशामा समस्या भएर  आउने खालको दुखाई हो यो ।यस्ता खालका दुखाईका कारण संधै देखिने वा पत्ता लगाउन नसकिने हुन सक्छ । 

दुखाईको अवस्था नेपालमा कस्तो छ ? 

कतिजना नेपाली आफ्नो शरीरमा दुखाई अर्थात पिडाको समस्या बोकेर हिड्छन् ? त्यसको बैज्ञानिक अनुसन्धान धेरै भएको छैन। तर अस्पतालसम्म आइपुगेको तथ्याङ्कलाई हेरेर कुन दुखाई धेरै जनामा र कुन खालको दुखाई समस्या थोरै जनामा रहेछ भन्ने तथ्यांक भने हामीसंग छ। अस्पतालमा आउने धेरै किसिमका रोगहरुसंग दुखाई जोडिएको हुन्छ।

अस्पताल आधारित तथ्यांकका अनुसार,  सबै भन्दा बढी ढाड दुख्ने समस्या ( Low Back Ache) ले ३१ प्रतिशत नेपालीलाई दुखःदिएको पाईएको छ । त्यसपछि हाडजोर्नीका दुखाईहरु (Joint Pain) अर्थात घुडा, कुम ,पाखुरा निर काजोर्नी दुख्ने  समस्या छ।अस्पतालमा दुखाईको समस्या ल्याउने मध्ये करीब ३० प्रतिशतले जोइन्ट दुख्यो भन्दै हिड्ने गर्दछन्।

त्यसपछि करीब १७ प्रतिशत नेपालीलाई माइग्रेन तथा बेस्सरी टाउको दुख्ने समस्या हुन्छ १६ प्रतिशत नेपाली लाई गर्दन दुख्ने समस्या भएको अस्पतालमा आएका बिरामीहरुले बताएका छन्।

अरु ५ प्रतिशतलाई अनुहार, मुख तथा दन्त स्वास्थ्यमा देखिने समस्याले दुखाई हुने भनिएको छ।

दुखाईमा औषधिको प्रयोग कसरी गर्ने ? 

हामी नेपालीहरुमा ‘सेल्फ मेडिकेशन’  अर्थात्आफै औषधि खोज्ने र प्रयोग गर्ने, साथ साथै आफ्नो वरिपरिका आफन्तलाई पनि खुवाउने चलन निकै बढी छ। यस्ता चलन चल्तीले आफैलाई समस्यामा पार्दछ।त्यसैले दुखाईको मात्रै होइन जुनसुकै औषधिको प्रयोग चिकित्सकको सिफारिस पछि मात्रै लिनु राम्रो हुन्छ। दुखाईबाट मुक्त हुनका लागि भन्दै हामी धेरै जसोले विभिन्न किसिमका औषधिको सेवन गर्ने गरेका छौँ।

कुनै पनि नयाँ अर्थात कहिले प्रयोग नगरेको औषधीको प्रयोगले त्यसको रसायनसंग अनावश्यक समस्या  (side effect) गराउन सक्छ। त्यसैले औषधिको जथाभावि प्रयोग नगरौँ । औषधिबारे तपाईँलाई राम्ररी थाहा छैन भने त्यसबारेमा चिकित्सक ,स्वास्थ्यकर्मी वा फार्मासिस्टसंग बुझेर मात्रै प्रयोग गर्नुपर्छ।

औषधिको अनावश्यक र अनियमित प्रयोगले अरु जटिल समस्या र रोगहरु निम्त्याउन पनि सक्दछ। त्यसेले सकेसम्म औषधिको कम प्रयोग गरौँ। साधारण अवस्थामा सामान्य दुखाईलाई कडा औषधिको प्रयोग गर्नुपर्छ भन्ने पनि छैन,  कतिपय समय त घरेलु उपायबाट पनि यसको निदान गर्न सकिन्छ।

दीर्घकालीन दुखाईका औषधिहरूमा धेरै जसो कडा किसिमकाऔषधि प्रयोगमा आँउदैनन्। हुनत औषधि रोगको जटिलता र दुखाइको कठोरताको आधारमा दिने गरिन्छ ।  यीऔषधिहरु लामो समयसम्म नबिराइकन कम मात्रामा खानुपर्ने हुन्छ।यो किसिमको समस्याका लागि ऒखतिले मात्र होइन, जीवन शैली मै परिवर्तन, ब्यायाम , फिजियोथेरापी, परामर्श (Counselling/psychotherapy), मनोबैज्ञानिक परामर्श पनि उत्तिकै आवश्यक हुन्छन् ।

दीर्घकालीन दुखाई (Chronic Pain) कसरी हुन्छ ? 

दीर्घकालीन दुखाई (Chronic Pain)मा पुगिसके पछि त्यसको उपचार गर्न पनि एकदमै गाह्रो  हुन्छ। हाम्रो शरीरमा कुनैपनि दुखाईको शुरुवात विन्दु हुन्छ। त्यसको उपचार भएन भने फैलँदै जाने हो। क्रोनिक अवस्थामा पुग्नु भनेको त्यो दुखाई शरीरको सबै ठाँउमा पुगे जस्तै हो।अर्थात लामो समय भएपछि त्यसको निश्चित ठाँउ हुँदैन।’खै मलाई कहाँ दुख्छ’ भन्ने ‘थाह छैन’ भन्ने अवस्था आउँछ।

क्रोनिक पेनले आफ्नो दैनिक जीनवमा मात्रै हौइन परिवार र समाजमा समेत असर पार्न सक्छ। त्यो मान्छेको जीन्दगी पीडादायी नै हुन्छ।मनोबैज्ञानिक असर समेत देखाउछ। त्यसैले यस्ता दुखाई पालेर नबसौँ। सकेसम्म छिटो चिकित्सक कहाँ पुगौँ र आवश्यक परीक्षण परामर्श लिऔँ ।

दुखाईलाई कसरी व्यवस्थापन गर्ने ? 

दुखाई अनुभुति नगरेको मान्छे यो संसारमा पक्कै छैन। हरेक व्यक्तिलाई कुनै बेला कुनै प्रसंगमा कुनै खालको दुखाई भोगेकै हुन्छ।

सबै भन्दा पहिले कस्तो दुखाईलाई उपचार गर्ने भन्ने जान्नुपर्छ। घाममा  हिड्दा टाउको दुख्यो अथवा कतै ठोक्कियो र एकछिन दुख्यो।यस्ता दुखाईसामान्यहुनेभए।त्योशरीरलेआफैठिकपारेरलान्छ।

तर दुखाई समस्याको रुमपा रहि रहन्छ भने त्यसमा सोच्नुपर्ने हुन्छ।यदि त्यो दुखाईले तपाईँको दैनिक जीवनमा असर गर्छ भने त्यसको व्यवस्थापनमा लाग्नुपर्छ। जस्तै : तपाईँले हात चलाउनै सक्नुभएन। अफिस जान सक्नु भएन। दुखाईले खान सक्नु भएन। सुत्न सक्नु भएन ।यस्तो समस्या भएमा कम्तीमा चिकित्सक को परामर्स लिनुपर्छ।

अरु सामान्य दुखाई जो आफैले म्यानेज गर्न सकियो भने त्यो अस्पतालमा नआउँदा पनि हुन्छ।

सेम्टेम्बर महिनालाई संसार भरि यस्तै दीर्घकालीन एबम जटिल दुखाईका निवारणका लागि सामाजिक जागरुक अभियान (Pain Awareness Month) को रुपमा मनाइदै छ।

दुखाई अधिकांश लाई हुने भए पनि दुखाईको बारेमा अधिकांशलाई थाहा छैन।अहिले पनि अधिकांशले दुखाईलाई स्वभाविक रुपमा र दुखाई अभिव्यक्तिलाई कमजोरीको रूपमा लिन्छन्।हामीकहाँ अहिले पनि रोग लागेको बेला वा त्यसपछिका दुखाईलाई पनि त्यति गम्भीरता पूर्वक लिइएको पाइदैन।

यसपटक दुखाईको व्यवस्थापन मा क्रियाशिल विभिन्न संस्था तथा स्वास्थ्यकर्मीहरुले दुखाई सम्वन्धी समस्याका बारेमा जनचेतना जगाउने योजना गरेका छौं। त्यसका लागि यो सेप्टेम्बर महिनालाई रोजिएको छ।अब यो महिना भदौ १६ देखि असोज १४ सम्म देशभर विभिन्न चेतना मुलक कार्यक्रमहरु गरिनेछ।

 

 

थप समाचार


Facebook Comment