बोनम्यारो पीडित रानालाई सहयोग

160
Shares


वालिङ, १८ पुस । बोनम्यारोको समस्याबाट पीडित यहाँकी एक बालिकाको उपचारार्थ नेपाल मगर संघ गल्याङले छ लाख ४० हजार रकम सहयोग गरेको छ । गल्याङ नगरपालिका– ३ बस्दै आएकी १६ वर्षीया विमला राना चार वर्षदेखि सो रोगबाट पीडित छिन् ।

उनको उपचारमा सहयोग गर्न रकम सङ्कलन गरी हस्तान्तरण गरिएको सङ्घ अध्यक्ष कुमार रानाले जानकारी दिए । “जीवन मरणको दोसाँधमा रहेकी १६ वर्षीया बालिकाको उपचारमा सहयोग गरी पुनःर्जीवन दिने उद्देश्यले ‘विमला रानाको जीवन बचाऔँ अभियान’मार्फत रकम सङ्कलन गरेका हौँ”, उनले भने, “गल्याङ नगरपालिकाका विभिन्न बजार तथा गाउँगाउँमा पुगेर रसिद काटेर उक्त रकम सङ्कलन गरी पीडित बालिकाको आमा कुमारी रानालाई बुझाएका हौँ ।”

बालिकाकी आमा कुमारी राना छोरीको उपचारमा अस्पताल धाउँदा धाउँदा पैसा सकिएपछि सहयोगका लागि विभिन्न ठाउँमा आग्रह गरिएको वताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *