अन्नपूर्ण न्युरो अस्पताल र कार्यरत कर्मचारीका तर्फबाट उद्दार कोषमा ३० लाख रुपैयाँ जम्मा

0
Shares

काठमाडौँ, १५ भदौ । भोटेकोशी रसुवा बाढी प्रभावितहरुको सहयोगका लागि माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल तथा कार्यरत कर्मचारीहरुले प्रधानमन्त्री दैवीप्रकोप उद्दार कोषमा ३० लाख रुपैयाँ उपलव्ध गराएका छन् ।

गत बुधबार एक्कासी आएको अकल्पनीय बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोर्खा, तनहुँ जिल्लामा जनधनको ठूलो क्षति पुरयाएको छ ।

सरकारले बाढीको विपत्तीबाट निम्तिएको समस्यासंग जुझ्नका लागि व्यक्ति तथा संस्था राष्ट्रिय तथा अन्तराष्ट्रिय, सरकारी तथा निजी क्षेत्रसंग सहयोगको आग्रह गरेको थियो ।

सोही आग्रह अनुसार अस्पताल र त्यहाँ कार्यरत कर्मचारीहरुले रकम जम्मा गरेका हुन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *