पाल्पाको रामपुरमा ५० शय्याको अस्पताल बन्ने


पाल्पा, १२ पुस । पाल्पाको रामपुरमा निर्माणाधीन रामपुर अस्पताल २०७७ वैशाखसम्म निर्माण हुने योजनाका साथ काम भइरहेको छ ।

कालीगण्डकी उपत्यकाका दुई प्रदेशका नागरिकलाई सहज स्वास्थ्य सेवा दिने उद्देश्यले अस्पताल निर्माणको कामलाई तीव्र पारिएको छ ।

विसं २०७२ कात्तिक १६ गते ठेक्का सम्झौता भएपछि मङ्सिर महिनादेखि काम थालिएको अस्पतालको अहिले सम्म तीन तला ढलानको काम भएको छ । रु १९ करोड ६५ लाख ५९ हजार ४९७ को लागतमा निर्माण सम्पन्न गरिने लक्ष्य रहेको अस्पतालमा १५ जना क्षमताको लिफ्टसमेत व्यवस्था हुने इञ्जिनीयर जीतेन्द्र चौधरीले जानकारी दिए ।

अहिले १५ शय्याबाट सेवा दिँदै आएको अस्पतालमा तोकिए जति चिकित्सक नहुनु, पर्याप्त स्वास्थ्यकर्मी अभावका कारण सहज सेवा प्रवाह हुन नसकेकाले अब गुणस्तरीय सेवा पाउने आशा धेरैले गरेका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *