ज्वालामुखी विस्फोटका घाइतेको उपचार गर्न  न्युजिल्याण्डले अमेरिकाबाट १ हजार २९२ बर्ग फिट छाला मगायो

न्युजिल्याण्ड सरकारले ज्वालामुखी बिस्फोटबाट घाइते भएकाहरुको उपचारका लागि अमेरिकासंग १ हजार २ सय ९२ बर्ग फिट छाला अर्डर गरेको छ । उपचारमा सम्लग्न डाक्टरहरुको अनुरोध पछि सरकारले छाला अर्डर गरेको हो ।

गत सोमबार ह्वाइट आइल्याण्डमा ज्वालामुखी बिस्फोट हुँदा करीब चार दर्जन व्यक्ति घाइते भएका थिए । ती मध्ये ३० जना गम्भीर रुपमा जलेका छन् । उनीहरु सबै आइसियूमा भर्ना छन् । अन्य साधारण घाइते भएका छन् । न्युजिल्याण्ड सरकारले विस्फोटमा परी ज्यान गुमाउनेको संख्या अहिलेसम्म ८ जनाको पुगेको जनाएको छ ।

उपचारमा संलग्न डाक्टरका अनुसार पीडितको उपचारका लागि छाला अत्यावश्यक छ । धेरैजसो मानिसहरु ग्यास र आगोका कारण घाइते भएका छन् । ३० जना बिरामी गम्भीर रुपमा घाइते छन् । कतिपयको ९५ प्रतिशत सम्म जलेको छ । धेरैजसको ४० देखि ५० प्रतिशत भाग जलेको छ । बाहिरी भागमा कम असर देखिएका कतिपयको भित्रीभागमा बढी असर परेको पनि पाइएको चिकित्सकले बताएका छन।

अस्पतालका डाक्टर पिटर वाटसनले आफूहरुले उपचार गरिरहेको तर १ हजार २ सय ९२ वर्ग फिट छालाको आवश्यकता पर्ने बताएका छन् । न्युजील्याण्डले थप छालाका लागि अष्ट्रेलियाको टिश्यू र स्किन बैंकलाई पनि अर्डर दिएको चिकित्सकले बताएका छन् । एजेन्सी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *