पाकिस्तान : डाक्टर कुट्न नपाएपछि अस्पतालमा तोडफोड, तीन जना बिरामीको मृत्यु

पाकिस्तान । लाहोरमा डाक्टरलाई कुट्न भन्दै अस्पताल छिरेका वकिलहरुको भिडले तोडफोड मच्चाएका छन् । सो क्रममा तीन जना मुटुका बिरामीको ज्यान गएको छ ।

घटना बुधबारको हो । आफ्ना एक जना साथीलाई डाक्टरले कुटेको थाह पाएपछि बदला लिन भन्दै लाहोरका करीब २ सय वकिलहरु पञ्जाव इन्स्टिीच्युट अफ कार्डियोलोजी (अस्पताल)मा छिरेका थिए । त्यहाँ डाक्टरलाई नभेटेपछि उनीहरुले तोडफोड मच्चाउन शुरु गरेका हुन् । सो क्रममा समयमै उपचार नपाएका तीन जना मुटुका बिरामीको ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

पाकिस्तानी पत्रिका डनले स्वास्थ्य मन्त्री यास्मिन रासिदलाई उदृत गर्दै वकिलहरुको भिडले गरेको आक्रमणमा परी तीन जना बिरामीको ज्यान गएको उल्लेख गरेको छ । वकिलहरुको भिडले अस्पतालमा पार्किङ गरिएका दर्जनौँ गाडीमा क्षति पु¥याएको, प्रहरी भ्यान समेत जलाएको छ । घटनापछि ४० जना वकिल प्रहरी नियन्त्रणमा परेका छन् ।

दुई हप्ता अघि एक जना आफ्नो साथीमाथि डाक्टरले आक्रमण गरेको भन्दै बदला लिन आफूहरु अस्पतालमै घुसेको वकिलहरुले बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *