भारतमा दृष्टिसम्बन्धी असमर्थतामा ५२ प्रतिशतले सुधार

नयाँ दिल्ली।  भारतमा हालै गरिएको अन्धोपनसम्बन्धी राष्ट्रव्यापी सर्वेक्षण (२०१५–२०१९) मा व्यक्तिको आँखाको दृष्टिसम्बन्धी असमर्थतामा ५२ प्रतिशतले सुधार आएको देखिएको छ।

विश्व स्वास्थ्य संगठनले अन्धोपन निवारणमा २५ प्रतिशत सुधार गर्ने लक्ष्य राखेकामा त्योभन्दा निकै प्रगति भएको सर्वेक्षणमा उल्लेख छ।

उक्त सर्वेक्षण अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को सहयोगमा स्वास्थ्य मन्त्रालयले गरेको थियो। यस सर्वेक्षणमा २४ वटा राज्य तथा केन्द्र शासित प्रदेशलाई समेटिएको थियो। सर्वेक्षणमा करिब १ लाख ११ हजार व्यक्तिको आँखा परीक्षण गरिएको थियो।

सन् २००६/२००७ मा स्वास्थ्य मन्त्रालयले गरेको गरेको यस्तै सर्वेक्षणमा आँखाको समस्या भएका व्यक्तिको संख्या करिब ५.३० प्रतिशत थियो। पछिल्लो सर्वेक्षणले दृष्टिको अवस्थामा सुधार आई २.५५ प्रतिशत देखिएको छ। साथै दृष्टिविहीनताको अवस्थामा पनि ०.३६ प्रतिशतले कमी आएको छ जबकी २००६/२००७ मा यो ०.६८ प्रतिशत थियो।

एम्सका डा अतुल कुमारका अनुसार विश्व स्वास्थ्य संगठनले सन् २०१९ सम्ममा दृष्टिको समस्यामा २५ प्रतिशतले कमी ल्याउने लक्ष्य राखेको जानकारी दिए।

विश्व स्वास्थ्य संगठनले अघिल्लो साता सार्वजनिक गरेको प्रतिवेदनमा विश्वभर करिब २ अर्ब २० करोड मानिसमा आँखाको ज्योतिसम्बन्धी समस्या रहेको देखाएको थियो। तीमध्ये करिब १ अर्ब मानिसको आँखाको उपचार सम्भव रहेको छ। रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *