स्वास्थ्यको समायोजनले स्वास्थ्यकर्मीलाई सकस (फोटोफिचर)

काठमाडौँ, १४ असोज । स्वास्थ्यको समायोजनले स्वास्थ्यकर्मीलाई झनै सकस पारेको छ । त्यसको दृश्य पछिल्लो दुई तीन दिन देखि स्वास्थ्य मन्त्रालयमा देख्न पाइएको छ ।

पहिले अनमी अहेव र एचएका चौथो पाँचौँ छैटौँ र सातौ तहसम्मका स्वास्थ्यकर्मीको समायोजन भद्रगोल भएको थियो । त्यसपछि स्वास्थ्य र सामान्य प्रशासन मन्त्रालयले समायोजन विग्रिएका स्वास्थ्यकर्मीसंग निवेदन माग्यो र सच्याउने प्रतिवद्धता जनायो ।

तर, करीब दुई महिना पछि पुन उस्तै गरी नै विवरण प्रकाशित गर्यो । पहिले गुनासा दिएकाहरुको समस्या सुल्झिनको सट्टा झनै बल्झियो । स्वास्थ्य मन्त्रालयले उनीहरुसंग फेरी गुनासो भए निवेदन दिन भनेर सूचना जारी गरेको छ ।त्यसको प्रभाव आज मन्त्रालयमा देखिएको छ ।

मन्त्रालय परिषसरमा गुनासो दर्ता र पत्र लिन आएका स्वास्थ्यकर्मीले भरिभराउ छ । दशैँको मुखमा यसरी राजधानी आउनुपर्ने बाध्यता बनाएको भन्दै कतिपयले मन्त्रालयका अधिकारीविरुद्ध चर्को असन्तुष्टि समेत पोखेका छन् ।

हेरौँ मन्त्रालयमा देखिएको दृश्य

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *