सार्वजनिक स्थानमा धूमपान गरे २०० रुपैयाँ जरिवाना

कोलकत्ता,११ असोज । पश्चिम बंगालको राज्यको बर्धमान जिल्लाले सार्वजनिक स्थलमा धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोगमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालयले शुक्रबार लागू हुने गरी चुरोट सूर्ति तथा गुडखा लगायतका सूर्तिजन्य पदार्थ सार्वजनिक रुपमा प्रयोग रोक लगाएको हो ।

नयाँ नियम अनुसार अब जिल्लाभर चुरोट सूर्ति तथा गुडखा खुल्ला रुपमा खरीद विक्री र सेवन गर्न नपाईने भएको छ । यो नियमको उल्लंघन गरेको पाइए २०० रुपैयाँ जरिवाना गरिने जिल्लाका प्रमुख प्रशासक शशांक सेठीले बताए ।

त्यसअघि जिल्ला प्रशासन कार्यालयले स्कुल कलेजका शिक्षक तथा प्राध्यापकसंग यसबारेमा छलफल गरेको थियो । उनीहरुको सल्लाह पछि यस्तो नियम ल्याएको प्रशासक सेठीले बताए । नयाँ नियम पछि आम सर्वसाधारण खुशी भएको समेत समाचार छ ।

जिल्लाका प्रमुख स्वास्थ्य प्रशासक देवाशीष हालदारले धूमपानबाट क्यान्सरको सम्भावना बढी भईरहेको अवस्थामा आम सर्वसाधारणलाई रोगबाट बचाउन यस्तो निमय ल्याइएको बताए ।

यसमा सरकार गम्भीर छ र यो नियम कडाईका साथ लागू गर्छ । जनताको स्वास्थ्य भन्दा ठूलो कुरा केही हौईन । उनले नियमसंगै जनचेतनाको कार्यक्रम पनि संगसंगै अघि बढाउने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *