जर्मनीमा शिशु स्याहार केन्द्रको अभाव

बर्लिन, ११ असोज । जर्मनीमा तीन बर्षमूनिका शिशुहरूको सेवाका लागि अझै झण्डै तीन लाख २० हजार स्थानमा शिशु स्याहार केन्द्रको अभाव रहेको जर्मन इकोनोमिक इन्स्टिच्युटले शुक्रबार सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ ।

जर्मनीका नगरपालिका तथा शहरहरूमा रहेका एक लाख ५५ हजार शिशु स्याहार केन्द्रलाई सन् २०१४ देखि अहिलेसम्ममा आठ लाख १८ हजार पु¥याइएको पनि प्रतिवेदनमा उल्लेख छ । यो वृद्धिले पनि जर्मनीमा शिशु स्याहार सुविधाका लागि आवश्यक केन्द्रहरूको माग पूरा हुन नसकेको इन्स्टिच्युटले दावी गरेको छ ।

सन् २०१४ सम्ममा जर्मनीमा थप एक लाख ९० हजार शिशु स्याहार केन्द्रको आवश्यकता रहेको थियो ।

“जर्मनीमा पछिल्लो समय जन्मदरमा देखिएको वृद्धिका कारण शिशु स्याहारका लागि यस्ता केन्द्रहरूको माग दैनिक बढिरहेको तथ्याङ्कले देखाएको छ,” संस्थाका परिवार नीतिमामिला वरिष्ठ अर्थशास्त्री विदो गेइस थोएनले बताएकाछन् ।

उनले भने, “यसका बाहेक जर्मनीमा शिशु स्याहार केन्द्रमा बालबालिकालाई पठाउने प्रचलन पछिल्लो समय झन्भन्दा झन् सामान्य बनिरहेको छ ।” “जर्मनीमा तीन बर्ष पुगेका शिशुलाई मात्र यस्ता संस्थामा पठाउने नभै कामको चटारोले गर्दा आफ्ना सन्ताहरूलाई एक बर्ष पछि नै स्याहार केन्द्रमा भर्ना गर्ने प्रचलन पछिल्ला बर्षहरूमा ह्वात्तै बढेको पाइन्छ,” उनले बताए ।

जर्मनीको संघीय राज्य ब्रेमेनमा त हरेक पाँच शिशुमध्ये एक वा सो भन्दा धेरैले उक्त सेवा लिनबाट वञ्चित भएको बताइएको छ । यो समस्या रिनल्याण्ड, पालाटिनेट र नर्थ सिन वेस्टफालियामा पनि समान रहेको उनको दावी छ ।

बिहीबार जर्मनीको ब्रेटलस्म्यान प्रतिष्ठानले सार्वजनिक गरेको एक अध्ययन अनुसार जर्मनीको शिशु स्याहार प्रणालीलाई एक लाखभन्दा बढी दक्ष कामदारको कमी रहेकोे छ ।

प्रतिष्ठानका व्यवस्थापकीय समितिका सदस्य जोर्ग ड्रागरले इन्स्टिच्युटको तथ्याङ्कबारे मूल्याङ्कन गर्दै भने, “जर्मनीको कानूनमा शिशु स्याहार केन्द्रमा राखिने कामदारका लागि समान मापदण्ड अपनाइएको पाइँदैन । त्यस्ता केन्द्रको आफ्नै शर्तहरूलाई कार्यान्वयनमा ल्याउने गरेको पाइन्छ ।”    रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *