अस्पतालमा आगलागी हुँदा दश जनाको मृत्यु

रियो दि जेनेरियो, २८ भदौ । ब्राजिलको रियो दि जेनेरियोमा रहेको एउटा अस्पतालमा भएको आगलागीमा परी कम्तीमा दश जनाको मृत्यु भएको छ । शहरको उत्तरी क्षेत्रमा रहेको बादिम अस्पतालमा विहीबार बेलुका आगलागि भएको थियो ।

स्थानीय समय अनुसार बेलुका ६ बजेबाट शुरु भएको आगलागी नियन्त्रण गर्न २ घण्टा बढी लागेको थियो ।

अग्नि नियन्त्रक अधिकारीहरूले दिएको जानकारी अनुसार बिहीबार राति आगलागी भएपछि अन्य विरामीलाई अन्यत्र सारिएको छ ।

अस्पतालको पुरानो भवनमा रहेको जेनेरेटरमा आएको समस्याका कारण आगलागी भएको प्रारम्भिक विवरण आएको छ ।

आगालागीबाट पीडित हुनेमा अस्पतालमा रहेका विरामी र कामदार रहेका छन् । घाइते भएका मध्ये ९० जनालाई विभिन्न अस्पतालहरूमा पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *