प्रधानमन्त्री ओली स्वास्थ्य ‘फलोअप’का लागि मनमोहन कार्डियोमा

काठमाडौँ, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन् ।

सिंगापुरमा दुई साता लामो उपचार गरी गत शुक्रबार स्वदेश फर्किएका ओली आज फेरी मनमोहन सेन्टर पुगेका हुन् ।

स्रोतका अनुसार उनी रुटिन फलोअपका लागि त्यहाँ गएका हुन् । ‘अहिले स्वास्थ्यमा कुनै समस्या छैन । उहाँ पूर्ण स्वस्थ हुनुहुन्छ । तै पनि उताको उपचारको केही रुटिन फलोअप त गर्नु पर्छ । त्यसैका लागि अस्पताल जानु भएको हो,’ स्रोतले भन्यो ।

मिर्गौलासम्बन्धी एण्टिबडीलाई शरीरबाट निष्काशन गरी निराकरण गर्ने उपचार विधि (प्लाज्मा फेरेसिस) बाट उपचार गर्न उनी गत ५ भदौमा दोस्रो पटक सिंगापुर गएका थिए ।

त्यस अघि उनी १८ साउनमा पनि स्वास्थ्य उपचारका लागि सिंगापुर पुगी २७ साउनमा फर्किएका थिए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *