चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्तिको निर्णय अब बुधबार मात्रै

काठमाडौँ, ३ भदौ । राष्ट्रिय चिकित्सा शिक्षा आयोगको कार्यकारी उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्ने भन्ने टुंगो अब बुधबार बस्ने बैठकमा लाग्ने भएको छ ।

सोमबार (हिजो) बसेको मन्त्रिपरिषद बैठकमा उपाध्यक्ष सम्वन्धी प्रस्ताव टेवुल भएपनि समय अभावका कारण छलफल हुन पाएन् । अब बुधबार बस्ने बैठकमा सो निर्णय हुने शिक्षा मन्त्रीको सचिवालयले जानकारी दियो ।

‘हिजोको बैठकमा ९ नम्बरसम्मको प्रस्तावमा मात्रै छलफल भई निर्णय भएको छ । शिक्षा मन्त्रालयले लगेको चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति सम्वन्धी र राष्ट्रिय शिक्षा नीति सम्वन्धी दुईवटा प्रस्ताव १६ औँ नम्बरमा परेकोले हिजो छलफल हुनै पाएन । अब बुधबार पुन मन्त्रिपरिषद् बैठक बस्ने छ । त्यस बैठकमा निर्णय हुन्छ,’ सचिवालयका एक सदस्यले भने ।

यसअघि २९ साउनमा बसेको सर्चकमिटिको बैठकले आयोगको उपाध्यक्षमा तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । कमिटिले एक नम्बरमा प्राडा सुरेन्द्र शेरचन, दुई नम्बरमा प्राडा शम्भुकुमार पहारी र तीन नम्बरमा प्राडा श्रीकृष्ण गिरीलाई सिफारिस गरेको छ।

आयोगको उपाध्यक्ष नियुक्तिमा ढिलाई हुँदा चिकित्सा शिक्षा ऐन अनुसार व्यवस्था गर्नुपर्ने कतिपय विषयबस्तु रोकिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *