सरकारी मेडिकल कलेजले एमबीबीएस सीट बेचेको भन्दै मेडिकल विद्यार्थी आन्दोलित

आफ्नो मागको सुनुवाई नभएको भन्दै मुखमा ताला मारेर विरोध

नयाँ दिल्ली । प्रवेश परीक्षामा अत्यन्तै कम नम्बर ल्याएका कतिपय विद्यार्थीले सरकारी मेडिकल कलेजमा भर्ना पाएको राजस्थानका मेडिकल विद्यार्थीहरु आक्रोशित भएका छन् । उनीहरुले सरकारी मेडिकल कलेजले विद्यार्थीको शैक्षिक योग्यता भन्दा आर्थिक अवस्था हेरेर भर्ना लिएको आरोप लगाएका छन् ।

राजस्थान मेडिकल एजुकेशन विभागद्धारा जारी एमबीबीएस विद्यार्थीको लिष्टमा कतिपयको एनइइटी स्कोर ५० प्रतिशत भन्दा पनि कम छ । तर यस्ता विद्यार्थीले यो बर्ष राज्य सरकारद्धारा लागू भएको एनआरआई कोटाबाट भर्ना लिइएको छ ।

यसबर्ष राजस्थानमा २०० बढी एनआरआई कोटा छुट्याएको छ । मेडिकल स्टुडेन्ट कोअर्डिनेशन कमिटिले पछिल्लो तीन महिना देखि यसैको विरोध गरिरहेको छ ।

राजस्थानका अजमेर, कोटा, उदयपुर, जयपुर तथा विकानेर मेडिकल कलेज लगायत प्रदेशको १४ मेडिकल कलेजमा पछिल्लो दिनमा सरकार विरोधी नारा गुंन्जिएको छ भनते कतिपय विद्यार्थी सरकारी निर्णयको विरोधमा भोक हडताल समेत शुरु गरेका छन् । तर सरकारले एनआरआई कोटासंग जोडिएको मेडिकल कलेजका विद्यार्थीको मागलाई केही विचार गरेको छैन् । विद्यार्थीले भने सरकारले उपलव्ध गराएको यो कोटालाई सरकारको पैसा कमाउने स्किमको रुपमा परिभाषित गर्न थालेका छन् ।

एनआरआई कोटा के हो ?
सरकारी आदेश अनुसार राजस्थान सरकारले जुन २०१९ मा शैक्षिक सत्र १०१४ /१५ पछि बढाइएको मेडिकल कलेजको सिटमा १५ प्रतिशत सिट एनआरआई कोटाका लागि दिनुपर्ने फैसला गरेको छ ।

यो फैसला अनुसार राजस्थानमा सरकारी मेडिकल कलेजमा कुल २१२ सीट एनआरआई कोटाका लागि छुट्एिको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *