अष्ट्रेलियामा एचआइभी संक्रमण दर घट्यो


सिड्नी१८ असार । अष्ट्रेलियामा एचआइभी संक्रमित पीडित दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको एक अनुसन्धानबाट खुलेको छ ।

बुधबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा यस्तो अवस्था देखिएको सिड्नीबाट प्राप्त समाचारमा जनाइएको छ ।

अष्ट्रेलियाको दि युनिभर्सिटी अफ न्यु साउथ वेल्सको अनुसन्धानमा यस्तो तथ्य भेटिएको हो । उक्त विश्वविद्यालयआवद्ध कर्बि नामक एक संस्थाले गरेको अनुसन्धानमा यहाँको एचआाइभी संक्रमण दरमा गएको १८ वर्ष यताकै सबैभन्दा कमी आएको देखिएको समाचारमा उल्लेख छ ।

उक्त संस्थाको अनुसन्धानले सन् २०१८ मा एचआइभी संक्रमितहरुको गणना गरिएकोमा ८३५ जना मात्र भेटिएको देखाएको छ ।

देशभरमा गरिएको सो एचआइभी संक्रमितहरुको खोजीका क्रममा ८३५ जना मात्र भेटिएको उक्त संस्थाका प्रमुख प्राध्यापक रेबेका गायले जानकारी दिए ।

उनका अनुसार यो संख्या गएको १८ वर्षयताकै सबैभन्दा कम हो । उनले भने– अष्ट्रेलियामा हरेक वर्ष एचआइभी संक्रमितहरुको पहिचान गरी तथ्याङ्क सङ्कलन गर्ने गरिएकोमा गतवर्ष अर्थात् सन् २०१८ को यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा थोरै हो ।

उनले भने– हुनत हामीले पछिल्ला वर्षहरुमा अष्ट्रेलियामा एचाआइभी संक्रमितहरुको संक्रमण दर घट्दै गएको देखेका छौँ, तर गत वर्षको यो तथ्याङ्क भने अहिलेसम्मकै सबैभन्दा कम हो ।

उनले यसअघिका अनुसन्धानहरु यहाँका विभिन्न राज्यमा गर्ने गरिएको र राज्यस्तरमा घट्दो दर देखिएको भन्दै तर गत वर्षको यो तथ्याङ्क भने राष्ट्रिय स्तरकै भएकोले यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताए ।

यो संक्रमणमा आएको कमी भनेको यहाँको सरकारले स्वाथ्यका क्षेत्रमा गरेका प्रतिबद्धताहरुको परिणाम भएको पनि उनले बताए ।

यहाँको सरकारले एचआइभी एड्सको नियन्त्रणका क्षेत्रमा दरिलो प्रतिबद्धता व्यक्त गरेको र सो प्रतिबद्धताअनुसार काम गरेकोले एचआइभीको संक्रमणमा कमी आएको बताइएको छ ।   रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *