अस्पतालमा गोली चल्यो पाँचको मृत्यु, सात घाइते

532
Shares

पञ्जाब ३ असार । पाकिस्तानको पूर्वी प्रान्त पञ्जाबमा एक अस्पतालभित्र दुई समूहबीच भएको गोली हानाहानमा पाँच जनाको मृत्यु भएको छ ।

सो घटनामा अरु सात जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको अधिकारीहरुले जनाएका छन् ।

घटना पञ्जाब प्रान्तको नान्काना साहिब जिल्ला अस्पतालमा भएको हो ।

सोमबार अबेर राती सो अस्पतालको आकस्मिक कक्षमा दुई समूहबीच सामान्य विवाद बढदै जाँदा एक अर्काले गोली प्रहार गरेको बताइएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *