भुटानमा चिकित्सक र शिक्षकको तलव मुख्य सचिवको भन्दा बढी

भुटानका प्रधानमन्त्री डा. लोते छिरिङ, जो बरिष्ठ युरो सर्जन समेत हुन् ।

एजेन्सी । भुटानले सरकारी सेवामा रहेका कर्मचारीमध्ये सबैभन्दा धेरै तलव चिकित्सक, शिक्षक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई दिने घोषणा गरेको छ । गत ५ जुनको मन्त्रिपरिषद बैठकले शिक्षा र स्वास्थ्यलाई उच्च प्राथमिकता दिदै त्यहाँ कार्यरत कर्मचारीको तलव अरु कर्मचारीको भन्दा बढी हुने बताएको हो ।

नयाँ घोषणा अनुसार अब सबैभन्दा माथिल्ला तहका चिकित्सक र शिक्षकको तलव मासिक ९० हजार २१९ न्गुल्ट्रम ( १ हजार २९३ युएस डलर) पाउनेछन् । प्रधानमन्त्री कार्यालयले यो तलवमान मुख्य सचिवको भन्दा पनि बढी भएको जनाएको छ । भुटानमा मुख्य सचिवको तलवमान ८२ हजार ६८५ न्युगल्ट्रम ( १ हजार १८५ युएस डलर ) छ ।

प्रधानमन्त्री कार्यालयका अनुसार १० वर्षको अनुभव भएका शिक्षकको तलव ३५ प्रतिशतले वृद्धि गरिएको छ । १० वर्षदेखि २० वर्षसम्म अनुभव भएका शिक्षकका तलव ३५ प्रतिशत बढाइएको छ भने २० वर्ष भन्दा बढी अनुभव भएका शिक्षकका तलब ५५ प्रतिशत बढाइएको छ।

यस घोषणा अनुसार भुटानका ८ हजार ६ सय ७९ शिक्षक लाभान्वित हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । तलब वृद्धिसँगै शिक्षकको योग्यता र क्षमताको आधारमा अधिकतम २० प्रतिशतसम्म थप ‘इन्सेन्टिभ’ दिइने पनि घोषणा सरकारले गरेको छ।

भुटान सरकारको नयाँ तलवमान यस्तो छ

यस्तै चिकित्सकहरुलाई पनि अनुभवको आधारमा ४५ प्रतिशतदेखि ६० प्रतिशतसम्म पेशागत भत्ता दिइने सरकारी घोषणा छ । यो घोषणाले ४ हजार बढी चिकित्सकहरु लाभान्वित हुने अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी सरकारले नर्स र स्वास्थ्य सेवाकै अन्य कर्मचारीको तलव पनि ३५ प्रतिशतदेखि ५५ प्रतिशतसम्म वृद्धि गरिएको बताइएको छ ।

चिकित्सक ‘व्याकग्राउण्ड’ भएका प्रधानमन्त्री डा लोते छिरिङले यसअघि नै शिक्षा र स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र सम्मानयोग्य बनाउने बताएका थिए । उनले देश विकासको मेरुदण्ड नै शिक्षा र स्वास्थ्य भएको भन्दै ती क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको बताए ।

उनले शिक्षक साथै चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको पेशाप्रति सम्मान जनाउन तलवमान अन्य पेशा भन्दा उच्च बनाएको बताए ।

तलव बढेपछि चिकित्सक, शिक्षक तथा स्वास्थ्यकर्मीहरुले सरकारलाई धन्यवाद दिदै सामाजिक सञ्जालमा खुशी व्यक्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *