संघमा रहेका ६ जना डाक्टर पुल दरबन्दीमा परेपछि …..

काठमाडौँ, २७ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुल दरबन्दीका लागि पठाएको चिकित्सकहरुको सूचीमा यसअघि संघमै परेका ६ जना चिकित्सकहरुको नाम समेत मिसिएको पाइएको छ ।

संघमा नपरेका चिकित्सकहरुलाई व्यवस्थापन गर्न तयार गरिन लागेको पुल दरबन्दीमा संघमा परिसकेका आफूहरुको नाम परेपछि परेपछि उनीहरुले आपत्ति जनाएका छन् । उनीहरुले आजै स्वास्थ्य मन्त्रालयलाई निवेदन लेखि पुल दरबन्दीका लागि गरिएको सिफारिस रद्ध गर्न भनेका छन् ।

त्यसरी निवेदन दिनेहरुमा डा सुजित कुमार झा, डा दोस्ती रेग्मी, डा रुद्र दाहाल, डा दिपिका सुवेदी, डा विनिता ढुंगेल डा पुजन बल्ल रहेका छन् ।

पुल दरबन्दी सूचीमा परेका संघका डाक्टरहरु

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *