गलत औषधि दिएर एक सय विरामी मार्ने नर्स पक्राउ

8.9k
Shares

जर्मनी । उपचारका लागि क्लिनिकमा आएका विरामीलाई जानाजान गलत औषधि दिई मार्ने नर्स पक्राउ परेका छन् ।
उत्तरी जर्मनीको एक अस्पतालमा कार्यरत उनी विरुद्ध पाँच बर्षको अवधीमा १०० जना विरामीलाई जानाजान गलत औषधि दिएर मारेको अभियोग लागेको छ ।

बुधबार स्थानीय अदालतमा उनलाई उपस्थित गराई ज्यान मारेको अभियोगमा मुद्धा दायर गरिएको छ । उनी आफैले भने ५५ जनाको ज्यान लिएको स्वीकार गरेका छन् । उनले मृतकका परिवारसमक्ष माफि समेत मागेका छन् ।

निल्स होगेल नामका ४२ बर्षीय ती नर्सले सन् २००० देखि २००५ सम्म मात्रै करिव एक सय विरामी जानाजान मारेको अभियोगमा अभियोग लागेको छ । उनले मुटु रोगको गलत औषधी दिएर एक सय विरामीको हत्या गरेको, जसमध्ये ३ वटा हत्याका सम्बन्धमा प्रमाण जुट्न बाँकी रहेको जर्मन प्रहरी अधिकारीहरु बताउँछन् ।

होगेलले पहिले ह्रृदयघात गराउने औषधी दिएर मृत्युको मुखमा धकेल्ने र पछि जोगाए जस्तो गर्दै प्रशंसा बटुल्ने गर्थे । सोही क्रममा सय जना विरामीको मृत्यु भएको अधिकारीहरुको दावी छ ।

होगेल स्वयम्ले ५५ जना विरामीको मृत्युको जिम्मेवार आफू रहेको स्वीकार गरिसकेका छन् । ‘म ती सबै र उनीहरुका परिवारप्रति माफी माग्छु, जसको मृत्युको जिम्मेवार म रहे,’ बुधबार उनले अदालतमा बयान दिने क्रममा भनेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *