जिता बरालको अनशन तोडिने सम्भावना बढ्यो, स्वास्थ्य राज्यमन्त्री पुगे आग्रह गर्न

काठमाडौँ, ९ जेठ । पेशागत मुद्धा उठाइ दुई साता देखि अनशन बसेकी नर्स जिता बरालको अनशन आज तोडिने सम्भावना बढेको छ । स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादव उनलाई भेट्न बसुन्धरास्थित वीपी स्मृति अस्पतालमा पुग्दैछन् । त्यहाँ पुगेर उनले अनशन तोडन आग्रह गर्ने बताएका छन् ।

यता बरिष्ठ नर्स जानकी केसीले राज्यमन्त्रीले प्रतिवद्धता जनाए अनशन तोडिने बताएकी छन् ।

राज्यमन्त्री डा यादवले भने नर्स बरालले अहिले उठाएको अधिकांश विषयमा मन्त्रालयले २०७४ सालमै सम्झौँता गरिसकेको बताए । ‘उहाँहरुको मागका विषयमा दुई बर्ष अघि नै सम्झौँता भएको रहेछ ।  रहयो कुरा कार्यान्वयनको । यसमा हामीले सबै मिलेर लाग्नेछौँ भनेकै छौँ । यहि आग्रह गर्न अस्पताल जाँदैछु । मेरो प्रयास उहाँलाई अनशनबाट निस्कनुस भन्ने नै हुनेछ’ राज्यमन्त्री डा. यादवले भने ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको आन्दोलनलाई साथ दिन भन्दै नेपाल नर्सिङ संघको केन्द्रीय कार्यालयमा दुई साता देखि अनशन बसेकी बराल स्वास्थ्यमा समस्या आएपछि केही दिन अघि वीपी स्मृति सामुदायिक अस्पताल बसुन्धरा सरेकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *