सरकार र आन्दोलनरत नर्सबीच प्रत्यारोपण केन्द्रमा बार्ता

काठमाडौँ, ५ जेठ ।शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्स र सरकारका प्रतिनिधिबीच अहिले बार्ता भइरहेको छ । भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी दिलीप लामिछानेको संयोजकत्वमा स्वास्थ्य मन्त्रालय, नेपाल नर्सिङ संघ र आन्दोलनरत नर्सका प्रतिनिधिबीच  बार्ता भइरहेको हो ।

‘बार्ता सकारात्मक ढंगले अघि बढेको छ । सम्भवत आजै सम्झौँता हुनेछ । हामी त्यहि दिसाबाट अघि बढी रहेका छौँ,’ बार्ता टोलीका सदस्य नेपाल नर्सिङ संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलले भनिन् ।

यसअघि १२ बजे बस्ने भनिएपनि अपरान्ह ३ बजे देखि मात्रै बार्ता शुरु भएको थियो । शुरुमा मन्त्रालयमा बस्ने भनिएपनि पछि बार्ता स्थल प्रत्यारोपण केन्द्रलाई नै बनाइएको हो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *