परिवार योजना सम्वन्धी राष्ट्रिय सम्मेलन भोलिदेखि शुरु
काठमाडौँ, ३ चैत । परिवार योजना सम्वन्धी दुई दिने राष्ट्रिय सम्मेलन भोलि देखि काठमाडौँमा शुरु हुँदैछ । स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाको आयोजनामा हुने उक्त सम्मेलनलाई सयुक्त राष्ट्रसंघीय जनसंख्या कोष, आड्रा र अरु २० वटा संस्थाले सहयोग गरेका छन् ।
सम्मेलन दरबारमार्गस्थित होटल याक एण्ड यतिमा हुने बताइएको छ । सम्मेलनको उदेश्य पहुँच बाहिर परेकालाई समेटन भनिएको छ ।
आयोजक संस्था परिवार कल्याण महाशाखाका प्रमुख डा आरपी विच्छाले परिवार योजनाको पहुच बढाउन सम्मेलनको आयोजना गर्न लागिएको बताए । उनले भने, ‘परिवार नियोजनका साधनको प्रयोगदरमा जुन रुपमा हुनुपर्ने थियो । त्यो अनुसार भएको छैन । किन भएन ? बाधक के के छन् ? पहुँचमा नभएकालाई कसरी पहुँच पुरयाउने भन्ने बारेमा सम्मेलन केन्द्रीत हुन्छ ।’
हुनपनि पछिल्लो तीन बर्ष देखि परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेदर ४४ प्रतिशत भन्दा बढेको छैन ।
दुई दिनेसम्मेलनमा २४ वटा ओरल र २८ वटा पोष्टर प्रस्तुतिकरण रहने बताइएको छ ।
उक्त सम्मेलनमा सरकार, विकास साझेदार, वैज्ञानिक, शिक्षणकर्मी, स्वास्थ्य पेशाकमी, मेडिकल कलेज, मिडिया , अनुसन्धानकर्ता गरी ३०० बढीको सहभागिता हुने बताइएको छ ।
विहान ९ बजेबाट शुरु हुने सम्मेलनको उदघाट्न उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गर्नेछन् ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com