स्पार्क अस्पतालले मनायो २७ औँ बार्षिकोत्सव, पूर्व बिरामीहरु बने प्रमुख अतिथि

काठमाडौँ, ११ फागुन । प्राकृतिक चिकित्सा क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल नेपालकै पुरानो र ठूलो स्पार्क अस्पतालले २७ औँ वार्षिकोत्सब सम्पन्न गरेको छ । कालिमाटी सोल्टीमोडस्थित अस्पताल परिसरमा भएको कार्यक्रममा अस्पतालमै लामो उपचार पछि निको भएका पूर्व बिरामी प्रमुख अतिथि बनेका थिए ।

सोही अवसरमा अस्पतालले उपचार पछि निको भएका विरामीहरुको उपचार पद्धती, अनुभव, तथा भोगाईबारेमा समेटिएको पुस्तक स्पार्कले दिएको नयाँ जीवन नामक पुस्तक विमोचन गरिएको थियो ।

कार्यक्रममा बोल्दै स्पार्कमा पाँच महिनाको उपचार पछि निको भएका पूर्व विरामी बामदेव रोका मगरले स्पार्कले आफूलाई साच्चिकै नयाँ जीवन दिएको बताए । उनले भने, ‘मैले आमा बाबु पछि सबैभन्दा बढी सम्झने स्पार्क हेल्थ होम नै हो । कतिपयको बानी बेलुका सुत्नेबेला र विहान उठेपछि भगवानको नाम जप्ने बानी हुन्छ । मैले सुत्ने बेला र उठने बेलामा स्पार्कको नाम जप्छु ।’

अर्का विरामी केदार भट्टराईले ५० बर्षको उमेरमै हर नचल्ने भएर थला परेपछि जिन्दगी यत्तिकै रहेछ भनिरहेका बेला स्पार्कको सम्पर्कमा आएपछि पूर्ववत रुपमा तन्दुरुस्त भएको बताए । उनले भने, ‘अहिले म पहिले जस्तै दौडन सक्छु, नाच्न सक्छु । मेरो लागि स्पार्कले साच्चिकै नयाँ जीवन दिएको हो ।’

कार्यक्रममा बोल्दै स्पार्क हेल्थ होम अस्पतालका अध्यक्ष टंकनाथ पौडेलले २७ बर्षको अवधीमा पाएका उपलव्धीका बारेमा जानकारी गराएका थिए । उनले लभ म्यानेजमेन्टबाट अघि बढी रहेको स्पार्कले अब सिस्टम म्यानेजमेन्टबाट समेत आफूलाई अगाडी बढाएको बताए । उनले स्पार्कले एकीकृत चिकित्सा पद्धतीका सबै विधालाई अगाडी बढाउने योजना रहेको सुनाए ।

कार्यक्रममा योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष डा जनकबहादुर बस्नेतले स्पार्कको सफलताले योग तथा प्राकृतिक चिकित्सा विधाको महत्व दर्शाएको बताए । उनले योग तथा चिकित्सा विधा सरकारी प्राथमिकतामा नपरेको भन्दै त्यसतर्फ सामुहिक आवाज उठाउनु पर्नेमा जोड दिए ।

कार्यक्रममा डा विजय फुयाललाई स्पार्क अफ द इम्प्लोई अवार्ड दिएकाृे थिया । यस्तै विगत २६ बर्ष देखि स्पार्क अस्पतालले संचालन गरेको योगा कक्षामा सहभागी भएका मोहनचण्डी श्रेष्ठ र कृष्णप्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियो ।

यस्तै स्पार्कले पत्रकार अतुल मिश्रलाई समेत सम्मान गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *