चिकित्सा शिक्षा विधेयक र कर्मचारी समायोजन विधेयक राष्ट्रपतिद्धारा प्रमाणीकरण

काठमाडौँ, १० फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुबै सदनबाट पास भएको राष्ट्रिय चिकित्सा शिक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ लाई प्रमाणीकरण गरेकी छन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएसंगै राष्ट्रिय चिकित्सा क्षिा विधेयक ऐनको रुपमा कार्यान्वनयमा आउने बाटो खुलेको छ ।

यस्तै उनले आजै कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ समेत प्रमाणीकरण गरेकी छन् । विधेयक प्रमाणीकरण भएसंगै कर्मचारी समायोजनले थप तिब्रता पाउने बताइएको छ ।

राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तीमा संघीय संसदको दुबै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएका ती विधेयकलाई संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरिएको उल्लेख छ ।

यसअघि संसदबाट पास भएको राष्ट्रिय चिकित्सा विधेयकको विरोधमा डा गोविन्द केसी अनसन बसेका थिए । उनले संसदबाट पास भईसकेपनि राष्ट्रपति कार्यालयबाट विधेयक फिर्ता पठाउन अनुरोध गर्ने बताएका थिए । तर राष्ट्रपति कार्यालयले विधेयक फिर्ता नपठाई प्रमाणिकरण गरिदिएको छ ।

यस्तै कर्मचारी समायोजन सम्वन्धमा बनेको विधेयकले चिकित्सकहरुलाई प्रदेश तथा स्थानीय तहमा खटाउने व्यवस्था भएपछि सरकारी चिकित्सकहरु विरोधमा उत्रिएका छन् । उनीहरुलाई आफूहरुलाई संघीय सरकारले परिचालन गर्नुपर्ने बताउँदै आएका छन् ।

चिकित्सकहरुले बुधबार र विहीबार मात्रै संघीय संसदको राज्यव्यवस्था समितिका सदस्यहरुलाई यस सम्वन्धी व्यवस्थामा संसोधन हाल्न कन्भिन्स गरेको बताएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *