नर्सिङ पढ्न अष्ट्रेलिया पठाउने कन्सलटेन्सी छानवीन गर्न सरकारद्धारा टोली गठन
काठमाडौँ, १० फागुन । सरकारी मान्यता नभएको अस्ट्रेलियाको एउटा तालिमे नर्सिङ कलेजमा अध्ययनरत एक हजारभन्दा बढी नेपाली विद्यार्थी विचल्लीमा परेको समाचार सार्वजनिक भएपछि शिक्षा मन्त्रालयले त्यहाँ विद्यार्थी पढाउने कन्सलटेन्सीहरुलाई छानवीन गर्ने भएको छ ।
उसले दर्ता नै नभएको त्यो कलेजमा नेपालका कन्सलटेन्सीले कसरी विद्यार्थी पढाए ? के के डकुमेन्ट बनाए ? भन्ने बारेमा छानवीन गर्न लागेको हो ।
सिड्नीस्थित अष्ट्रेलिया इन्स्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी कलेज(एआईवीटी) ले सरकारी मान्यता नै नपाएको विवरण सार्वजनिक भएपछि सो कलेजमा अध्ययन गरिरहेका एक हजार बढी विद्यार्थीमा अन्योलता छाएको छ ।
शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बुधबार मन्त्रिस्तरीय निर्णय गर्दै उच्च शिक्षा शाखाका सहसचिव देवकुमारी गुरागाईको संयोजकत्वमा कन्सलटेन्सीको छानवनी अघि बढाउन चार सदस्यीय कार्यदल गठन गरेका छन् ।
सो कार्यदलमा नो अव्जेक्सन शाखाका प्रमुख रहेका उपसचिव देवी पौडेल, शैक्षिक परामर्श शाखा प्रमुख रहेका उपसचिव कृष्ण पोखरेल र कानुनका उपसचिव शंकर केसी सदस्य छन् । उनीहरुलाई एक साता भित्र सत्यतथ्य विवरण पेश गर्न कार्यादेश दिइएको छ ।
नेपाली विद्यार्थीहरुले पछिल्लो डेढ बर्ष देखि सो कलेजमा लाखौँ शुल्क तिरेर डिप्लोमा र एडभान्स डिप्लोमा अफ नर्सिङ तह अध्ययन गर्दै थिए ।
सम्पर्क इमेल : [email protected]