सरकारले सुर्खेत, बुटवल र महोत्तरीमा नयाँ मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढायो

काठमाडौँ, ९ फागुन । सरकारले महोत्तरी, बुटवल र सुर्खेतमा नयाँ मेडिकल कलेज स्थापना गर्ने प्रक्रिया अगाडी बढाएको छ ।

गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले महोत्तरीमा बर्दिवास मेडिकल कलेज, रुपन्देहीको तिलोत्तोमामा बुटवल मेडिकल कलेज र सुर्खेतको बीरेन्द्रनगरमा सुर्खेत मेडिकल कलेजका लागि भौतिक पूर्वाधार निर्माण विकास कार्य सञ्चालन गर्न ९ पदको अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ ।

यसअघि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले दरबन्दी सिर्जना गर्न २२ पुसमै मन्त्रिपरिषदमा सो सम्वन्धी प्रस्ताव पठाएको थियो । प्रस्ताव पठाएको करीब डेढ महिना पछि सरकारले मेडिकल कलेज स्थापना गर्ने योजना अनुरुप पूर्वाधार विकास निर्माणका लागि गति बढाउन दरबन्दी सिर्जना गरेको हो ।

‘दरबन्दी सिफारिस समितिले पेश गरेको प्रतिवेदन अनुसार सामान्य प्रशासन मन्त्रालयको सचिवको अध्यक्षतामा गत पुस १८ र १९ गते बसेको बैठकले गरेको निर्णय अनुसार शिक्षा मन्त्रालयले २२ पुसमा प्रस्ताव पठाएको थियो । सोही निर्णय आएको भएर आएको हो,’ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका निजी सहयोगी विनोद न्यौपानेले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *