बच्चाको मृत्युपछि आक्रोशित आफन्त : अस्पतालको यो हालत (भिडियो सहित)
काठमाडौँ, २१ माघ । उपचारका क्रममा बालकको मृत्यु भएपछि आक्रोशित आफन्तले झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल तोडफोड गरेका गरेका छन् । चिकित्सक तथा नर्सको लापरबाहीले बालकको ज्यान गएको भन्दै उनीहरुले अस्पताल तोडफोड गरेका हुन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले केहीसेल अस्रुग्यास प्रयोग गरेको छ ।
घटना आइतबार (हिजो) साँझको हो ।
झाडा पखला लागेर बेलुका छ बजे ल्याइएका मेचीनगर १३ स्थित कालीझोडाका उमङ राजवंशीका छोरा जेनित राजवंशीको उपचारका क्रममा मृत्यु भएको थियो ।
‘अस्पतालमा ल्याउनासाथ चिकित्सकले सुई लगाए, त्यस लगत्तै बच्चा थप सिरियस भयो र तत्कालै ज्यान गयो । त्यसपछि डाक्टर तथा नर्सहरु भागे,’ आफन्तको आरोप छ ।
त्यसलगत्तै आक्रोशित आफन्तले चिकित्सक तथा नर्सको लापरवाहीले मृत्यु भएको भन्दै तोडफोडमा उत्रिएका हुन् । उनीहरुले गलत औषधिको रियाक्सनले बच्चाको ज्यान गएको दावी गरेका छन् ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख डीएसपी सुवास खड्काले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास समेत प्रहार गर्नुपरेको बताए ।
घटनापछि बसेको सर्वदलीय बैठकले मेची अञ्चल अस्पतालको सिनियर सुपरिटेन्डेन्टको नेतृत्वमा ५ सदस्यीय छानबिन टोली गठन गर्ने निर्णय गरेको छ ।
टोलीले १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा छानबिन प्रतिवेदन बुझाउनु पर्नेछ । जसको आधारमा दोषीलाई कारबाही र पीडितलाई क्षतिपूर्तीको व्यवस्था गर्ने निर्णय भएको जनाइएको छ ।
बैठकपछि मृतकको शवलाई पोष्टमार्टमका लागि धरानस्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लाने तयारी गरिएको छ ।
फोटो /भिडियो : हिमाल खरेल
https://www.facebook.com/himalkharel81/videos/10205279689269922/?t=13
सम्पर्क इमेल : [email protected]