विपक्षीको घेराबन्दीमा शिक्षा मन्त्री परेपछि संसदमा पेश हुनै पाएन चिकित्सा शिक्षा विधेयक

164
Shares

काठमाडौँ, ८ माघ । चिकित्सा शिक्षा विधेयक पेश गर्न अघि बढेका शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई प्रमुख विपक्षी दलका सांसदले घेराबन्दी पारेपछि दोस्रो पटक स्थगित संसद पुन चल्न सकेन । अव अर्को बैठक आगामी ११ माघ दिनको १ बजेका लागि बोलाइएको छ ।

यसअघि आजै तीन बजे सुरु भएको प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षदल नेपाली कांग्रेसले अवरुद्ध गरेपछि १५ मिनेटका लागि स्थगित भएको थियो । त्यसपछि पुन सुरु भएको बैठकमा कांग्रेस सांसदले नाराबाजी मात्रै गरेनन् विधियेक पेश गर्न अघि बढेका शिक्षा मन्त्री पोखरेललाई घेरावन्दीमा पार्न सफल भए ।

करीब ४ मिनेट धकेलाधकेल भएपछि सभामुख कृष्णबहादुर महराले पुन १५ मिनेटका लागि बैठक स्थगित गरेको घोषणा गरेका थिए ।

कांग्रेस सांसदहरुले आफ्ना नेताद्धयका नामबाट खुलेका अस्पताललाई विगटन गर्न खोजिएको आरोप लगाउँदै संसद अवरुद्ध गर्दै आएको छ । यद्धपी मुल मक्सद चिकित्सा शिक्षा विधेयक संसदमा पेश हुन रोक्नु नै भएको जानकारहरु बताउँछन् ।

हुन पनि विधेयक संसदमा पेश भएको खण्डमा बहुमतिय प्रक्रियाबाट पास हुनसक्ने बताइएको छ ।

सरकार निकट सांसदहरु आज जसरी पनि विधेयक संसदमा पेश गर्ने र पास गर्ने तयारीमा थिए ।

यता डा गोविन्द केसीले आफ्नो सम्झौँता विपरीतको विधेयक पास गर्न लागेको भन्दै शिक्षण अस्पतालमा अनसन जारी राखेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *