जाडो मौसममा देखिने स्वास्थ्य समस्या र समाधानका उपाय

आजबाट पुस महिना लाग्यो । पुसलाई सबैभन्दा जाडो हुने महिना भनेर बुझिन्छ । अनि जाडो महिनामा प्राय स्वासप्रश्वास सम्वन्धी रोगहरु बढी देखिन्छ । तर, यहाँ बुझ्नु पर्ने कुरा यो छ कि चिसो मौसम अर्थात जाडो आफै रोग लाग्ने महिना होइन । बरु यो मौसम रोगहरु लगाउने जीवाणु तथा विषाणुहरु सक्रिय हुन अनुकुल हुन्छ । त्यसैले रोगहरु बढी देखिने हो ।

जाडोमा स्वासप्रस्वासका समस्या लिएर आउने समूहमा प्रायः जेष्ठ नागरिक र बच्चाहरु पर्ने गर्दछन् । त्यसको एउटा कारण चै उनीहरुको रोग संग लड्न सक्ने प्रतिरक्षा प्रणाली कमजोर हुनु हो ।

यो मौसममा शरीरको घाँटी देखि फोक्सो सम्म रोग हरु लाग्न सक्छ । ति मध्ये प्रमुख रुपमा देखिने रुघाखोकी हो । त्यसबाहेक राइनोसाइनुभाइटिस, फारिन्ग्जाइटिस, सिजनल इन्फ्लुएन्जा, ब्रोंकाइटिस, एलर्जिक राइनाइटिस अनि दमका रोगीहरुलाई एक्कासि सास फेर्न गार्हो हुने, खोकी लाग्ने हुन सक्छ ।

यी रोग लाग्दा देखिने लक्षणहरु :
१. खोकी लाग्ने
२. ज्वरो आउने
३.  घाँटी दुख्ने
४. सास फेर्न गार्हो हुने
५. जीउ दुख्ने
६.  जीउ गल्ने
७. हाँच्छिउ आउने

कुन अवस्थामा बढी जोखिम हुने गर्छ ?
१. उमेर : सानो उमेरका बालबालिबका र बृद्धबृद्धा अर्थात जेष्ठ नागरिक

२. दीर्घ रोग : दम, मुटुको रोग, मधुमेह भएकाहरु
३. प्रतिरक्षा प्रणाली कमजोर हुनु वा कमजोर गराउने समस्याहरु भएकाहरु
४. कुपोषण भएकाहरु
५. धूमपान तथा सूर्तिजन्य पदार्थको प्रयोगकर्ता तथा धुलो धुँवामा बढी काम गर्नेहरु

कसरी सर्छ ?
१. हातको सम्पर्कबाट : संक्रमित रोगीबाट प्रत्यक्ष रुपमा
२. हाँच्छिउ वा खोक्दा : बिषाणुहरु मुखको रयालको थोपासंगै निस्किदा

कसरी बच्ने ?
१. धुलो, धुँवा, चिसोबाट बच्ने
२. न्यानो रहने
३. मास्क लगाई हिड्ने
४. सरसफाईमा ध्यान दिने
५. दीर्घ रोगीहरुले नियमित रुपमा औषधी सेवन गर्ने अनि नियमित रुपमा स्वास्थ्य जाँच गराउने
६. खोप लगाउने : हरेक हिउद शुरु हुने महिना प्रायस् मंसिर महिनाको शुरुमा ज्येष्ठ नागरिक हरुले फ्लु शट लिने र हरेक ५ बर्षमा न्युमोकोक्कल भ्याक्सिन लिने

उपचारका उपायहरु 
सकेसम्म रोग लाग्न नदिने माथिका उपाय गरेर रोग लागि हालेमा निम्न उपाय गर्न सकिन्छ :
१. तातो झोलिलो खानेकुरा प्रशस्त खाने
२. आराम गर्ने
३. तातो पानीको बाफ लिने
४.  नाक बुझिएको छ भने सफा गर्ने
५. लक्षण कम गर्नलाई सिटामोल खाने
६. एलर्जी बिरुद्धको औषधि स्वास्थ्यकर्मीसंग सल्लाह लिई खाने

# कन्सल्टेन्ट मेडिकल जनरलिस्ट डा पच्या गुल्मी जिल्ला अस्पतालका मेसु हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *