जिल्लाले सञ्चालन गरेका खोप तथा परिवार नियोजनका कार्यक्रम यथावत रुपमा सञ्चालन गर्न निर्देशन

2.6k
Shares

काठमाडौँ, २९ साउन ।  स्वास्थ्य मन्त्रालयले जिल्ला स्वास्थ्य जनस्वास्थ्य कार्यालयबाट सञ्चालन भईआएका खोप सेवा, परिवार नियोजन सेवा, क्षयरोग तथा कुष्टरोग नियन्त्रण सेवा लगायत कार्यक्रमहरु पहिले जसरी नै यथावत रुपमा गर्न सञ्चालन गर्ने निर्णय गरेको छ । गत आइतबारको सचिव स्तरको निर्णय मार्फत हाललाई पुरानै व्यवस्था कायम गरिएको हो ।

सो को जानकारी मन्त्रालयले सातवटै प्रदेशको सामाजिक विकास मन्त्रालयलाई गराएको छ ।

मन्त्रालयले प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तरगर्त रहने प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य कार्यालबाट पूर्ण रुपमा कार्य सम्पादन शुरु नहुँदासम्म जिल्ला स्वास्थ्य जन स्वास्थ्य कार्यलयबाट सञ्चालन भई आएका ती कार्यक्रम यथावत राख्ने निर्णय भएको स्पष्ट पारेको छ ।

जनताको स्वास्थ्य संग प्रत्यक्ष जोडिएको ती सेवाहरु एक दिन रोकिँदा पनि ठूलो असर हुने देखिएपछि यस्तो निर्णय भएको मन्त्रालय स्रोतले बतायो ।

यसअघि यी कार्यक्रमहरु प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश स्वास्थ्य कार्यालय मातहतमा रहेर सञ्चालन भनिएको थियो । त्यसले कर्मचारी तथा सेवाग्राहीमा अन्योलता सिर्जना गरेको थियो । मन्त्रालयको यो निर्णयपछि यी कार्यक्रमहरु तत्कालका लागि पूर्ववत रुपमै चल्ने भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *