सुत्केरीले पाउने यातायात खर्च सत प्रतिशत बृद्धि, गर्भपरीक्षण वापतको भत्ता पनि दोब्बर

1.6k
Shares

काठमाडौँ, १ साउन । सरकारले आज देखि गर्भवती जाँच र सुत्केरी सेवाका लागि दिइदै आएको यातायात खर्च दोब्बर बनाएको छ । स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाले सोमबार (हिजो) प्रकाशित गरेको सूचनामा आज देखि लागू हुने गरी यसअघि उपलव्ध गराइदै आएको गर्भवती जाँच र सुत्केरी यातायात खर्चमा सत प्रतिशतले बृद्धि भएको जनाएको छ ।

नयाँ व्यवस्था अनुसार अब हिमाली क्षेत्रका महिलाले सुत्केरी हुँदा पाउने यातायात खर्च ३ हजार पुगेको छ । यसअघि हिमाली क्षेत्रका महिलाले सुत्केरी हुँदा यातायात खर्च १ हजार ५ सय मात्रै पाउने गर्दथे ।

यस्तै पहाडी क्षेत्रकाले २ हजार र तराई क्षेत्रका सुत्केरीले १ हजारका दरले यातायात खर्च पाउनेछन् । यसअघि पहाडमा सुत्केरीलाई एक हजार र तराईमा ५ सय मात्रै यातायात खर्च दिने गरिन्थ्यो ।

यस्तै स्वास्थ्य संस्थामा चार पटक गर्भ परीक्षण गराए वापत पाउने भत्तामा पनि सतप्रतिशत बृद्धि गरेको जनाएको छ । पहिले चार पटक परीक्षण गराएवापत ४ सय रुपैयाँ थियो । अब सो रकम ८ सय पुगेको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *