स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि डा. केसीलाई प्रतिष्ठान पुरयाइयो

जुम्ला, २० असार । स्वास्थ्य गम्भीर समस्या उत्पन्न भएपछि डा गोविन्द केसीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुरयाइएको छ । उनको अहिले प्रतिष्ठानको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

‘सिभिअर चेस्ट पेन’को समस्या देखिएपछि स्थानीय प्रशासनको अवरोधको बाबजुत प्रतिष्ठानका चिकित्सकहरुले कवर्ड हल पुगेर डा केसीलाई ‘रेस्क्यु’ गरेका थिए ।

‘कवर्ड हलमा उपचार गर्न सक्दैनौँ भनेर हामीले स्थानीय प्रशासनलाई दुई दिन अघि नै जानकारी गराएका थियौँ । तर अघि दिउसो डा केसीको सहयोगीले एक्कासी स्वास्थ्य विग्रिएको जानकारी दिएपछि हामी एम्बुलेन्स लिएर गई यहाँ ल्याएका हौँ,’ डा प्रविण गिरीले भने ।

उनले डा केसीलाई अस्पताल ल्याउन नदिन प्रशासनले बल गरेपनि आफूहरुले जवरजस्ती उठाएर ल्याएको बताए । ‘अहिले आकस्मिक कक्षमा उहाँको स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको छ । स्वास्थ्यमा सुधार भएपछि उहाँलाई सेमी आइसियूमा सारिनेछ,’ डा गिरीले भने ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर