स्वास्थ्य विभागको उप महानिर्देशकमा डा. विवेकलाल कर्ण, भण्डारी मन्त्रालयमा

928
Shares

काठमाडौँ, ११ असार । स्वास्थ्य सेवा विभागको उपमहानिर्देशक फेरिएका छन् । स्वास्थ्य मन्त्रालयले भर्खरै एघारौँ तहमा बढुवा भएका डा. विवेकलाल कर्णलाई स्वास्थ्य सेवा विभागमा उपमहानिर्देशकको जिम्मेबारी सहित पदस्थापन गरेको छ । यसअघि विभागका उपमहानिर्देशक रहेका चुडामणी भण्डारी मन्त्रालय सरुवा भएका छन् ।

दुबै जनाले नयाँ जिम्मेबारी आजैबाट सम्हाल्ने बताइएको छ ।

यसैगरी नरदेवी आयुर्वेद अस्पतालको कार्यकारी निर्देशक पनि फेरिएका छन् । स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै निर्देशकमा डा. श्यामबाबु यादवलाई नियुक्त गरेका छन् ।

गत बैशाखमा निमित्त निर्देशक रहेका डा. रामदेव यादव ३७ हजार घुस सहित पक्राउ परेपछि स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले डा. सवरी साहलाई नरदेवीको निर्देशकको रुपमा काज सरुवा गरेकी थिइन । मन्त्री यादवले सो निर्णय उल्ट्याउँदै डा. यादवलाई जिम्मेबारी दिएको हो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *