स्वास्थ्य सेवामा लगाइएको ५ प्रतिशत कर हट्यो, निजी अस्पतालले लगाउने भ्याट पनि खारेज
काठमाडौँ, १५ जेठ ।सरकारले स्वास्थ्य सेवामा लगाउँदै आएको ५ प्रतिशत सेवा कर हटाएको. छ । यस्तै निजी अस्पतालले स्वास्थ्य सेवामा लगाउँदै आएको मूल्य अभिबृद्धि कर (भ्याट) समेत खारेज गरेको छ ।
अर्थमन्त्री डा यृवराज खतिवडाले आर्थिक बर्ष २०७५ ०७६ को बजेट प्रस्तुत गर्ने क्रममा सो कर खारेज गरेको घोषणा गरेका हुन् ।
विरामीसंग सेवा कर उठाउने व्यवस्था तत्कालिन अर्थ मन्त्री बाबुराम भट्टराईको पालामा भएको थियो ।
स्वास्थ्य उपचारबापत कर तिर्नु पर्दा सेवा महंगो हुँदै आएको थियो । स्वास्थ्यमा लाग्दै आएको कर हटाउन सरोकारवालाले यसअघि पनि राज्यको ध्यानाकर्षण गराउँदै आएका थिए । ं