स्वास्थ्य पत्रकार मञ्चमा नयाँ कार्य समिति

काठमाडौ, ४ बैशाख । स्वास्थ्य पत्रकारहरुको साझा संस्था स्वास्थ्य पत्रकार मञ्च नेपालको तेस्रो अधिवेशनले हेल्थ टिभी अनलाइनकी कल्पना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।

अधिवेशनले उपाध्यक्षमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, महासचिवमा नेपाली हेल्थ डटकमका रामप्रसाद न्यौपाने, सचिवमा कान्तिपुर साप्ताहिकका भिषा काफ्ले र कोषाध्यक्षमा हाम्रो डाक्टर डटकमका उद्धवराज भेटवाललाई निर्विरोध रुपमा निर्वाचित गरेको छ ।

कार्यसमितिको सदस्यहरुमा देशसञ्चार डटकमकी दीपा दाहाल, न्यूज २४ टेलिभिजनकी रिया भण्डारी, अनलाइन खवर डटकमबाट ऋचा अर्याल, रातोपाटी डटकमकी अञ्जु तामाङ्ग र सौर्य दैनिककी यसिमा महत निर्वाचित भएका छन् ।

अधिवेसनमा संस्थाका पुर्व महासचिव मनिष गौतमले संगठानिक र पुर्व कोषाध्यक्ष रामप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन पेश गरेका थिए । नयाँ कार्यसमितिको कार्यकाल दुई बर्षको हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *