चिकित्सक तथा विशेषज्ञ चिकित्सक गरी २०४ पदमा रोजजारीको अवसर

2.3k
Shares

काठमाडौँ, २५ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न सरकारी अस्पतालमा रिक्त रहेका चिकित्सक तथा विशेषज्ञ चिकित्सक गरी २०४ जनावटा पदहरुमा करारमा पदपूर्ति गर्ने गरी विज्ञापन प्रकाशित गरेको छ ।

सोमबार प्रकाशित विज्ञापन अनुसार नवौँ तहका विशेषज्ञ चिकित्सक १५२ जना र आठौँ तहका मेडिकल अधिकृत ५२ जना पदपूर्ति गर्ने जनाएको हो ।

विभिन्न ११ उपसमूहका विशेषज्ञ चिकित्सक तथा मेडिकल अधिकृत मागेको मन्त्रालयले काम गर्न जानुपर्ने जिल्ला समेत उल्लेख गरेको छ ।

१५ दिनको म्याद राखेर सूचना प्रकाशित गरेको मन्त्रालयले मन्त्रालयले चिकित्सकहरुको छनौट अन्तरबार्ताका माध्यमबाट गर्ने बताएको छ ।

थप जानकारीका लागि हेरौँ सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *