ईशान : अन्तराष्ट्रिय स्तरको सेवा दिने निजी स्तरको पहिलो बाल अस्पताल

  • प्राडा आरपी चौधरी (बरिष्ठ कन्सलटेन्ट प्याडियाट्रिक सर्जन )
– प्राडा आरपी चौधरी बरिष्ठ कन्सलटेन्ट प्याडियाट्रिक सर्जन

करीब २३ बर्ष अघि २५ शैय्याका साथ ईशान बाल तथा महिला अस्पताल स्थापना भएको हो । र यो नेपालकै पहिलो निजी बाल अस्पताल हो । ईशान स्थापना हुँदा त्यहाँ महिला तथा प्रसूति सेवा थिएन । सो सेवा पछि थपिएको हो ।

अस्पताललाई तत्काल ५५ बेडमा स्तरोन्नती गर्न हामीले स्वीकृति मागेका छौँ । तर हामीले केही बर्ष भित्रै सय बेडको अस्पताल सञ्चालन गर्ने योजना अघि बढाइसकेका छौँ । त्यसका लागि भवन निर्माणको काम शुरु भइसकेको छ ।

यो अस्पताल स्थापनाको कुरा गर्दा डा. नारायणबहादुर थापाको ठूलो योगदान छ । त्यतिवेला उहाँ र उहाँसंगै अरु चार जना संस्थापक सदस्य मिलेर नयाँ अवधारणासहित यो अस्पताल सुर भएको हो । सिमित स्रोत र साधनबाट शुरु गरिएको यो अस्पतालले अहिले धेरै नै प्रगति गरेको छ । तपाईँलाई थाहै होला ईशान अहिले नेपालको चर्चित अस्पतालमा गनिन्छ । क्वालिटी कियरको हस्पिटलको रुपमा ।

विशिष्ठीकृत सेवा
निजी लगानीमा खोलिएको संस्था भयो, त्यसैले सेयर धनीले नाफाको आशा गर्नु पनि स्वभाविक नै हो । तर हामीले स्थापनाको करीब १५ बर्ष जति नाफा नलिइकन सञ्चालन गरयौँ । विगत ७ – ८ बर्ष देखि सामान्य नाफामा छौँ ।

ईशान बिरामीका लागि क्वालिटी सर्भिस (गुणस्तरीय सेवा) र रिजनेवल प्राइस (सुलभ मूल्य)मा दिने नीति लिएको छ । सुविधाको कुरा गर्दा यो बाल अस्पताल भएकोले यसमा पेडियाट्रिक मेडिसिन त हुने नै भयो । र यो महिला अस्पताल पनि हो । त्यसैले महिलासंग जोडिएका सबै केशहरु ‘ह्यान्डिल’ गर्छौ ।

इशानमा ‘न्यु नेटल इन्टेन्सीभ कियर युनिट छ । यस्तै प्रसुति सेवा पनि । नवजात शिशु सेवा पनि दिइरहेका छौँ । जनरल मेडिसिनको कुरा गर्ने हो भने हामीले हालसालै पेडियाट्रिक कार्डियोलोजी सेवा पनि सुरु गरेका छौँ । इको कार्डियोग्राफी सुरु गरेका छौँ । यसले गर्दा अब बच्चामा देखिने मुटुरोगको समस्या सहज रुपमा मुटुको उपचार गर्न सकिन्छ । यस्तै डेन्टल ओपिडी समेत सुरु गरेका छौँ ।

१२ घण्टा ओपिडी २४ घण्टा आकस्मिक
विहान ८ देखि बेलुका ८ बजेसम्म अर्थात दैनिक १२ घण्टा बालरोग विशेषज्ञ सेवा दिइ रहेका छौँ । २४ घण्टा आकस्मिक सेवा सञ्चालनमा छ । त्यसमा बालरोग विशेषज्ञ , बालसल्य चिकित्सक, तथा प्रसुति सेवा पनि सम्मिलित छन् ।

भविस्यको योजना
भविस्यको कुरा गर्दा पेडियाट्रिक तर्फ सबै स्पेश्यालिटी सेवाहरु उपलव्ध गराउने योजना छ । जस्तै पेडियाट्रिक ग्यास्ट्रो इन्टेरोलोजी, पेडियाट्रिक नेफ्रोलोजी सेवाहरु सुरु गर्दैछौँ । मिनिमल इन्भेजिव सर्जरी (प्वाल पारी सर्जरी गर्ने) व्यवस्था पनि चाडै नै सुरु गर्नेवाला छौँ ।

उपचार सेवा विश्वस्तरको
जन्मेको एक घण्टा देखि १८ बर्ष उमेर समूहका बालबालिकाको उपचार गरिरहेका छौँ । यो उपचार सेवा विश्वस्तरको छ भन्ने हाम्रो दावी हो ।
सर्जरीको कुरा गर्दा हामीले युरोलोजी पेडियाट्रिक सेवा पनि दिई रहेका छौँ । नियोनेटल सर्जरी पनि गरिरहेका छौँ ।

पेडियाट्रिक जीआई सर्जरी गरिरहेका छौँ । आगोले पोलेको केश उपचार, ट्युमरको उपचार, पेडियाटिक ल्याप्रोस्कोपीक सर्जरी । आँखाको समस्या, नाक कान घाटी, छाला हाडजोर्नीको सेवा पनि भइरहेको छ । गर्भवती परीक्षण, सुत्केरी सेवा मात्रै होइन स्त्रीरोग सम्वन्धी सबैखाले उपचार सेवा उपलव्ध छ ।

अस्पतालमा नवजात शिशुको लागि एनआइसीयू १० बेड छ । पेडियाट्रिकका लागि ५ बेड छ । कुल मिलाएर १५ बेड छ । भेन्टिलेटर सहित । कम वजन भएका बच्चाका लागि इन्कुभेटर सुविधा समेत छ ।

प्रयोगशाला सुविधा

ल्यावका लागि हामीसंग सेमिअटोमेटिक मेसिन छ । अरु कतिपय अस्पतालमा हामीले देखेका छौँ ल्याव अरुले चलाइरहेको हुन्छ । यसले गर्दा कहिले काँही गुणस्तरमा फरक पर्न जान्छ । तर हामीकहाँ आफ्नै ल्याव छ । २४ घण्टा खुलै रहन्छ । हाम्रोमा नहुने परीक्षणका लागि हामीले संकलन गर्ने गनबाहिर पठाउने व्यवस्था मिलाएका छौँ ।

हामीसंग लेटेष्ट अल्टासाउन मेसिन छ । त्यसमा पनि आजकल गर्भवस्तामा देखिने सक्ने समस्याका लागि फिटल स्क्रिनिङ सेवा सुरु गरेका छौँ । यसले गर्भअवस्थामा देखिने भ्रुणको अवस्था र समस्या भए त्यो पनि देखाउँछ । कलर डुप्लर अल्टासाउण्ड छ यसले मुटुको समस्या, पेडियाटिक सर्जरीमा अन्डकोष बटारिने समस्याबाट बचाउन सक्छौँ ।

नवजात शिशुमा जन्मने वित्तिकै आन्द्रा बटारिने भल्भुलस भन्छौँ । त्यसको समेत उपचार गर्दछौँ । अहिले हामी ५५ बेडमा रन गरीरहेका छौँ । दुईवटा अप्रेसन थियटर छ । १०० बेड भएपछि आइसियू र अप्रेसन थेयटर समेत थप हुनसक्छ । यस्तै ठूला व्यक्तिको लागि गुप्तरोग, हाडजोर्नी, छातीरोग तथा जनरल चेकअप समेत गरिरहेका छौँ ।

विपन्नका लागि १० प्रतिशत बेड निशुल्क
यो अस्पताल सर्वसाधारणकै लागि खोलिएको हो । शुल्क पनि धेरै छैन । फेरी हामीले विपन्नका लागि १० प्रतिशत निशुल्क बेड पनि छुटयाएका छौँ । उपचार गर्दा एकदमै समस्यामा परेका गरीवका लागि अरु उपाय मार्फत छुटको व्यवस्था पनि गरिएको छ ।

अस्पतालहरुमा उपचार विरामी कमिसन आदिका कुरा सुनिने गरिएको छ । तर यहाँ त्यस्तो छैन । हामीले गलत तरिकाले पैसा कमाउनु छैन र हुँदैन पनि ।

अनलाइन बुकिङ गर्न सकिन्छ
बाल तथा महिलाहरुको उपचारका लागि पहिले नै बुकिङ गर्न सकिन्छ । अनलाइन र टेलिफोनबाट आफ्नो नाम दर्ता गर्न सकिन्छ । टिकटका लागि भन्दै कुँदेर अस्पताल नै आइहाल्नु पर्छ भन्ने छैन ।

  • ईशान बाल तथा महिला अस्पतालका बोर्ड अफ डाइरेक्टर डा. चौधरीसंग कुराकानीमा आधारित
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

2 thoughts on “ईशान : अन्तराष्ट्रिय स्तरको सेवा दिने निजी स्तरको पहिलो बाल अस्पताल

Leave a Reply

Your email address will not be published. Required fields are marked *