दाङ जिल्ला अझै औलोको जोखिममा

80
Shares

दाङ, १४ वैशाख । दाङमा बितेको नौ महिनाको अवधिमा १५ जना औलोरोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय दाङले जनाएको छ ।

गत वर्ष भने जिल्लामा ३४ जना औलो रोगका बिरामी फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालयका औलोरोग निरीक्षक कमल चन्दले जानकारी दिए ।

उनका अनुसार पछिल्लो समयमा जिल्लामा औलोरोगका बिरामी घट्दै जानु सकारात्मक रहे पनि तर दाङ जिल्ला औलो रोगको जोखिममा रहेको बताए। सो रोग निवारण गर्नका निम्ति जिल्लाका सरोकारवाला निकाय, नागरिक समाज, स्थानीयतहका जनप्रतिनिधि सबैको सहयोग आवश्यक रहेको पनि चन्दले बताए ।

सबैको सहयोगले मात्र नेपाललाई सन् २०२५ सम्म औलो निवारण गर्न सकिने जिल्ला जनस्वास्थ्य कार्यालयको भनाइ छ । विश्व स्वास्थ्य संगठनको एक तथ्याङ्कअनुसार औलो रोगबाट प्रत्येक वर्ष विश्वमा करीब ५० हजार मानिस प्रभावित हुने गर्छन् । त्यसमध्ये २७ प्रतिशतको ज्यान औलो रोगकै कारण जाने गरेको छ । औलोका कारण मृत्यु हुनेमा पाँच वर्षमुनिका बालबालिका रहेका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *