सात करोडको लगानीमा बुटवलमा खुल्यो प्राकृतिक चिकित्सा अस्पताल

बुटवल, १३ बैशाख । प्राकृतिक चिकित्सा पद्वतिबाट उपचार गर्नेगरी लागि बुटवलको ढबाहमा गुरांस अस्पताल सञ्चालनमा आएको छ । कुल ७ करोड २५ लाख लगानी गरी पाँच जनाको समूहले सो अस्पताल सञ्चालनमा ल्याएको हो ।

गत मंगलबार देखि औपचारिक सञ्चालनमा आएको सो अस्पतालले विना औषधि प्राकृतिक पद्धतीबाट उपचार गर्ने जनाएको छ ।
कुल ५० बेड रहेको सो अस्पताल नेपालमा नै पहिलो अपाङ मैत्री अस्पताल भएको अस्पतालका कार्यकारी निर्देशक नारायण भुसालले बताए ।उनले विरामीकोहरुको प्राकृतिक चिकित्सा पद्धतीबाट उपचार गरिने बताए ।

मंगलबार भएको पत्रकार सम्मेलनमा अस्पतालकी अध्यक्ष सरस्वती भुसालले कोलोन हाईड्रो थेरापी कक्ष नेपाल भएको बताइन् । उनले अपाङ मैत्री अस्पतालमा शुभारम्भको अवसरमा २५ प्रतिशत छुटमा उपचार सेवा उपलव्ध गराइएको समेत जानकारी दिइन ।

अत्याधुनिक अस्पताल भवनमा हाईड्रोथेरापी, शारीरिक थेरापी, इलेक्ट्रो थेरापी मेशिनहरुबाट उपचार गरिने बताईएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *