मेरो बर्ष अभियानको शुभारम्भ कर्णाली प्रदेशमा यसरी गरियो

सुर्खेत, १ बैशाख । मेरो बर्ष २०७५ अभियान आजबाट कर्णाली प्रदेशमा शुुभारम्भ भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली प्रदेश अन्तर्गतको सामाजिक विकास मन्त्रालयको सयुक्त आयोजनामा आज सुर्खेतमा विशेष कार्यक्रम गरी अभियानको शुभारम्भ गरिएको हो ।

कार्यक्रमको शुभारम्भ गर्न सुर्खेत जिल्ला क्षेत्र नं २ का प्रतिनिधि सभा सदस्य नवराज रावत पुगेका थिए । चार चरणमा गरिएको कार्यक्रममा पहिलो दुई चरणमा योगाभ्यास र बाताबरण सरसफाईमा खर्चिएको थियो । पछिल्लो दुई चरणका कार्यक्रममा औपचारिक समारोह र सचेतना सम्वन्धी कार्यक्रम गरिएको थियो ।

स्वास्थ्य शिक्षा प्रशासक डा भक्त केसीका अनुसार विहान ५ देखि ७ बजेसम्म योगाभ्यास कार्यक्रम गरिएको थियो । यस्तै ७ देखि ९ बजेसम्म बाताबरण सरसफाई कार्यक्रम, ९ देखि १० बजेसम्म औपचारिक सभाको शुभारम्भ र त्यसपछिको दुईघण्टा ट्राफिक सुरक्षा र सचेतना सम्वन्धी कार्यक्रम गरिएको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख, प्रदेश मन्त्रहरु, प्रदेश सभा सदस्य तथा स्थानीय जनप्रतिनिधिहरु, कर्मचारी, पत्रकार, नागरिक समाजका व्यक्तिहरु विद्यार्थीहरु कार्यक्रममा सहभागी थिए । सोही कार्यक्रम अन्तर्गत विहान ७ देखि ९ बजेसम्म बाताबरण सरसफाई तथा सचेतना अभियान गरिएको थियो ।

नसर्ने रोगको जोखिम बढीरहेको परिप्रेक्ष्यमा सरकारले मेरो बर्ष अभियान शुरु गरेको हो ।

नेपालमा एक तिहाई जनसंख्यामा उच्च रक्तचाप र मधुमेह को समस्याबाट ग्रसित छन । हरेक वर्ष ८ देखि १० हजार नयाँ क्यान्सरका बिरामी थपिरहेका छन । बहिरंग बिरामीतर्फ ४३ प्रतिशत (स्वाश प्रश्वासका दीर्घरोगी), ४० प्रतिशत मुटुरोगी, १२ प्रतिशत मधुमेह र ५५ प्रतिशत क्यान्सरका बिरामीको भार रहेको छ ।

यस्तै नेपालमा १८.५५ प्रतिशत जनसंख्याले धुम्रपान गर्ने गरेको र दक्षिण एसियामै धेरै महिला धुम्रपानकर्ता (१५ प्रतीशत) नेपालमा रहेका छन ।
यस्तै १७.५५ प्रतिशत जनसंख्याले मध्यपान गर्ने गरेको तथ्याङक छ । नसर्ने रोगको अर्को जोखिममा पर्ने मोटोपनाको समस्या समेत विकराल छ । सरकारी तत्थांक अनुसार नेपालमा ८.५प्रतिशतमा मोटोपना तथा ४.५ प्रतिशतमा अतिमोटोपना रहेको पाइएको छ ।

यस्तै ग्रामीण भेगमा ७४ प्रतिशत घरपरिवारमा खाना पकाउन दाउरा गुइठा आदिको प्रयोग छ भने शहरी क्षेत्रमा घर बाहिर वायु प्रदुषण तिव्र रुपमा भईरहेको छ । खाद्य वस्तुमा अत्यधिक विषादीको प्रयोग, मिसावटयुक्त खाद्यवस्तु, अस्वस्थ असन्तुलित खानपिन शैलीजस्ता समस्याले नसर्ने रोगको दर सबै उमेर समुहमा व्यापक हुँदै गइरहेको डा केसी बताउँछन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *