पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना

16
Shares

हेटौँडा, २८ चैत । नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत सञ्चारकर्मीका लागि मंलगबार पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना गरेको छ ।

कोष सञ्चालन गर्न उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्यालले रु दुई लाख पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई हस्तान्तरण गरे ।

कोषमा अन्य संघसंस्था तथा जिल्ला समन्वय समिति र हेटौँडा उपमहानगरपालिकाबाट पनि अर्थ जुटाई कोषमा जम्मा गर्ने लक्ष्य रहेको बताइएको छ । महासंघमा आबद्ध सञ्चारकर्मीलाई दुर्घटना र गम्भीर बिरामी हुँदा तत्काल उपचार गर्न कोषबाट रकम प्रदान गरिने छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *