पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना

हेटौँडा, २८ चैत । नेपाल पत्रकार महासंघ मकवानपुरले जिल्लामा कार्यरत सञ्चारकर्मीका लागि मंलगबार पत्रकार स्वास्थ्योपचार अक्षयकोष स्थापना गरेको छ ।

कोष सञ्चालन गर्न उद्योग संघ हेटौँडाका अध्यक्ष नवराज अर्यालले रु दुई लाख पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईंलाई हस्तान्तरण गरे ।

कोषमा अन्य संघसंस्था तथा जिल्ला समन्वय समिति र हेटौँडा उपमहानगरपालिकाबाट पनि अर्थ जुटाई कोषमा जम्मा गर्ने लक्ष्य रहेको बताइएको छ । महासंघमा आबद्ध सञ्चारकर्मीलाई दुर्घटना र गम्भीर बिरामी हुँदा तत्काल उपचार गर्न कोषबाट रकम प्रदान गरिने छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *