रु छ करोडको लगानीमा बिरामी आवास भवन

16
Shares

नवलपरासी, २५ चैत । पूर्वी नवलपरासीको रजहरमा अत्याधुनिक सुविधासम्पन्न सामुदायिक प्राकृतिक चिकित्सालय बनेको छ ।

रु छ करोडको लगानीमा बनेको सामुदायिक प्राकृतिक चिकित्सालय रहजर निर्माणमा सरकारले रु पाँच करोड ६१ लाख सहयोग गरेको छ भने बाँकी रकम चिकित्सालय आफैंँले जुटाएको हो । सो भवनमा ७२ कोठा छन् ।

चिकित्सालयमा हाल ८० बिरामीले आवासीय सुविधासहित उपचार गराउँदै आएका छन् । सो भवन निर्माणसँगै आवासीय क्षमता १५० पुगेको चिकित्सालयका व्यवस्थापक हरि सापकोटाले जानकारी दिए । पछिल्ला वर्षमा बिरामीको चाप निकै बढ्दै गएको व्यवस्थापक सापकोटाले जानकारी दिनुए। चिकित्सालयले यसै वर्ष आधुनिक उपचार उपकरण पनि ल्याएको छ ।

कोलन हाइड्रोथेरापी, सर्कलुर जेट बाथलगायत अन्य उपचार उपकरण थपिएको छ । चिकित्सालयले प्रतिबिरामी प्रतिदिन उपचार, खाना र आवाससहित रु ७५० लिँदै आएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *