तीनवटा जन्ममितिबारे डा. केसीले भने, ‘प्राविधिक र मानवीय त्रुटिले यस्तो भयो’

276
Shares

काठमाडौँ । डा. गोविन्द केसीले प्राविधिक त्रुटिका कारण एसएलसीको चारित्रिक प्रमाणपत्रमा र मानवीय त्रुटिका कारण बढुवाका लागि पेश गरेको आवेदन फारममा जन्ममिति फरक परेको बताएका छन् ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको जन्ममितिबारे अभियान छेडिरहेका बेला डा. केसीकै जन्ममिति तीनवटा भन्दै केही सञ्चारमाध्यमले प्रश्न उठाएपछि डा. केसीले आज पत्रकार सम्मेलन गरी आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले सो क्रममा सक्कल नागरिकता र सबै शैक्षिक प्रमाणपत्र पेश गरेका थिए ।

डा. केसीले आफ्नो बास्तविक जन्ममिति २०१३ असोज २७ गते रहेको र सोही अनुसार नागरिकता र शैक्षिक प्रमाणपत्रमा उल्लेख भएपनि एसएलसीको चारित्रिक प्रमाणपत्रमा जन्ममिति २०१३ माघ २४ गते हुन गएको बताए । उनले त्यसलाई प्राविधिक त्रुटि भएको दावी गरे । 

डा. केसी उपप्राध्यापकबाट सहप्राध्यापक हुन भरेको बढुवाको आवेदन फारममा जन्ममिति २०१३ मंसिर २७ गते रहेको उल्लेख छ । उनले सो जन्ममिति मानवीय त्रुटीका कारण गलत पर्न गएको बताए ।

उनले सिटरोलउनले अनिवार्य रूपमा भर्नुपर्ने सिटरोल नभरेको र नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समेत पेस नगरेकोले भन्ने बारेमा भने त्रिवि कर्मचारीलाई दोष दिए । डा. केसीले भने, ‘यो कुरा सत्य होइन बरु त्रिविका भ्रष्ट पदाधिकारीको मिलोमतोमा यी कागजात गायव गरिएको हुनसक्छ ।’

पत्रकार सम्मेलनमा आफ्नो जन्ममितिबारे समाचार आउनुमा प्रधानन्यायाधीश, त्रिवि उपकुलपति, कानून संकाय डीनहरुको मिलोमतो रहेको आरोप लगाए । उनले प्रधानन्यायाधीश पराजुलीको नागरिकता र शैक्षिक प्रमाणपत्रबारे प्रश्न उठाएकै कारण आफ्नो बारेमा यस्तो प्रंपन्च रचिएको आरोप लगाए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *