राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो बैठक सम्पन्न, यस्ता भए निर्णय

काठमाडौँ, २२ माघ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १३ अर्व ४५ करोड रुपैयाँको बहुबर्षीय योजना स्वीकृत भएको छ । आज बसेको प्रतिष्ठानको पहिलो सभा बैठकले चालु आर्थिक बर्षको कार्य सञ्चालन गर्न ७८ ३३ लाख ८० हजार १५० रुपैयाँको बजेट समेत पारित गरेको छ ।

प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा विहान साढे ९ देखि ११ बजेसम्म बालुवाटारमा बसेको बैठकलले रिक्त सदस्यहरुको समेत पदपूर्ति गरेको छ । पदपूर्ती गरिएका सदस्यहरुमा उपकुलपति काठमाडौँ विश्वविद्यालय, देव नारायण चौधरी दाङ,  नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष भवानी राणा, नेपालगञ्ज मेडिकल कलेजका सञ्चालक डा. सुरेश कनौडिया, प्राडा सलमा केसी राई, विसुप्रसाद सुवेदी र नवराज ढकाल रहेका छन् ।

प्रतिष्ठानको उपकुलपतिमा प्राडा संगिता भण्डारी, रेक्टरमा प्राडा रतेन्द्र नाथ श्रेष्ठ, रजिष्टारामा रामप्रसाद प्याकुरेल र डीनमा डा रितु बराल यसअघि नै नियुक्त भएका थिए ।

बैठकले काम कर्तव्य अधिकार, पारिश्रमिक र सुविधा सम्वन्धी नियमावली २०७४, आर्थिक प्रशासन सम्वन्धी नियमावली २०७४, अस्पताल नियमावली २०७४ पारित गरेको छ ।

यस्तै सभाले प्रतिष्ठानका लागि दाङमा घोराहीमा आवश्यक पर्ने ५०० विघा सरकारी जग्गाका उपलव्ध गराउने तथा मुख्य कार्यालय दाङमा खोल्ने र सम्पर्क कार्यालय काठमाडौँमा राख्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *