महिला स्वास्थ्य स्वयंसेविकालाई २० हजार भत्ता दिने तयारी

काठमाडौँ, ८ माघ । सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई बार्षिक २० हजार भत्ता उपलव्ध गराउने तयारी थालेको छ । स्वास्थ्य मन्त्रालयले आगामी मन्त्रिपरिषदको बैठकबाट सो सम्वन्धी निर्णय गराउने गरी तयारी थालेको छ ।

महिला स्वास्थ्य स्वयंसेविकाले अहिले बार्षिक ७ हजार पोशाक भत्ता पाउने गरेका छन् । त्यसबाहेक बैठकका बेला र खोप तथा औषधि खुवाउने अभियानका दिनहरुमा छुट्टै दैनिक भत्ता पाउने गरेका छन् ।

मन्त्रालयका उपसचिव भवनाथ खतिवडाले स्वयंसेविकाहरुलाई बार्षिक रुपमा २० हजार भत्ता उपलव्ध गराउने प्रस्ताव लैजाने तयारी भएको बताए । स्वास्थ्य मन्त्री दीपक बोहराले आगामी मन्त्रिपरिषदको बैठकमा सो सम्वन्धी प्रस्ताव पेश गरी निर्णय गराउने योजनामा छन् । ‘मन्त्री ज्यूपनि पोजेटिभ हुनुहुन्छ ।हामी तयारी गर्दैछौँ । सम्भवत आगामी मन्त्रिपरिषदको बैठकमा यस सम्वन्धी प्रस्ताव जाने छ,’ उपसचिव खतिवडाले भने ।

देशभर हाल करीब ५५ हजार महिला स्वास्थ्य स्वयंसेविका रहेका छन् । उनीहरुलाई बार्षिक २० हजारको दरले भत्ता उपलव्ध गराउन मात्रै मन्त्रालयले थप १ अर्व १० करोड रकम विनियोजन गर्नुपर्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *