स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. तारानाथ पौडेल

काठमाडौँ, २ माघ । स्वास्थ्य मन्त्री दीपक बोहराले स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरेका छन् ।
पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका पूर्व प्रमुख तारानाथ पौडेललाई विभागको नि महानिर्देशकको जिम्मेबारी दिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार गत ३० पुसको मन्त्रीस्तरीय निर्णय मार्फत महानिर्देशक परिवर्तन भएको हो । हालका महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय तानिएको छ ।
महानिर्देशकको जिम्मेबारी पाएका पौडेलले आज केही बेरमा टेकु पुगेर पदवहाली गर्ने बताए ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



