स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. तारानाथ पौडेल

डा. तारानाथ पौडेल

काठमाडौँ, २ माघ । स्वास्थ्य मन्त्री दीपक बोहराले स्वास्थ्य सेवा विभागको महानिर्देशक परिवर्तन गरेका छन् ।

पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका पूर्व प्रमुख तारानाथ पौडेललाई विभागको नि महानिर्देशकको जिम्मेबारी दिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत ३० पुसको मन्त्रीस्तरीय निर्णय मार्फत महानिर्देशक परिवर्तन भएको हो । हालका महानिर्देशक डा. राजेन्द्र पन्तलाई मन्त्रालय तानिएको छ ।

महानिर्देशकको जिम्मेबारी पाएका पौडेलले आज केही बेरमा टेकु पुगेर पदवहाली गर्ने बताए ।


Leave a Reply

Your email address will not be published.

सम्बन्धित खवर