स्वास्थ्य सहित सबै समूहका कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर

636
Shares

काठमाडौँ, २८ पुस । सरकारले कर्मचारी समायोजन ऐन २०७४ अनुसार संघ, प्रदेश र स्थानीय तहमा समायोजन हुन नचाहने कर्मचारीलाई स्वेच्छिक अवकाशको अवसर दिएको छ । सामान्य प्रसाशन मन्त्रालयले आज सूचना प्रकाशित गरी सोको जानकारी दिएको हो ।

सूचना अनुसार ५० बर्ष उमेर पुगेका र निवृत्तिभरण पाउने अवस्था भएका निजामती, स्वास्थ्य, संसद लगायतका सबै सेवा समूहका कर्मचारीहरुले सो सुविधा लिन सक्नेछन् । यो सुविधा अनुसार सात बर्षसम्मको पेन्सर रकम सुरुमै पाइनेछ ।

मन्त्रालयले यो सुविधामा सहभागी हुन चाहनेले दिन भित्र निर्धारित ढाँचामा निवेदन पेश गर्न भनेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *