यस्तो बन्दैछ नौ तल्ले ‘बीर अस्पताल कम्प्लेक्स’

काठमाडौँ, १९ पुस । बीर अस्पतालले आकस्मिक कक्ष अघिलतिर रहेको नर्सिङ क्याम्पस तथा स्टाफ क्वाटर भवन भत्काएको छ । सो स्थानमा अवको केही समय पछि नै अत्याधुनिक नौ तल्ले बीर अस्पताल कम्लेक्सको निर्माण आरम्भ हुनेछ ।

आम सर्वसाधारणको अस्पताल भनेर चिनिने बीर अस्पताललाई अत्याधुनिक सुविधा सम्पन्न अस्पताल बनाउन सरकारले बहुँबर्षीय योजना अनुसार कम्पेक्स निर्माणका लागि साढे २ अर्व बजेट विनियोजन गरेको छ ।

त्यसमध्ये यसबर्षका लागि ५० करोड दिएको छ । दुई तल्ला अण्डरग्राउण्ड र सात तल्ला जमिन बाहिर रहने यो भवन (कम्प्लेक्स) मा ६५० सैय्या रहने बताइएको छ ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सका उपकुलपति प्राडा गणेश गुरुङले नौ तल्ले बीर अस्पताल कम्प्लेक्स भवनका लागि खोलिएको टेण्डर प्रक्रियाबाट अघिबढेर ठेकेदार छनौट गर्ने अन्तिम प्रक्रियामा पुगेको बताए ।

‘टेण्डर खोल्यौ, ७ वटा कम्पनीले हालेका छन् । अवको केही दिनमा टेन्डर हाल्नेहरुको प्रस्ताव अध्ययन गरी अन्तिम छनौट गर्नेछौँ । त्यसपछि काम प्रारम्भ हुनेछ,’ उनले भने ।

सर्जिकल व्लकको रुपमा तयार गर्न लागिएको सो कम्प्लेक्समा १५ वटा मेजर ओटी कक्ष राखिने बताइएको छ । २० वटा सर्जिकल आइसियू, ३० ओटा पोष्टअप वार्ड रहनेछ । त्यसबाहेक अरु सिंगल तथा डबल क्याविन तथा जनरल कक्षहरु राखिनेछ । सोही ब्लकमा सिटिस्क्यान, पेटस्क्यान, एमआरआई जस्ता अत्याधुनिक मेसिनहरु राखिनेछ ।

बीर अस्पतालमा देखिएको पार्किङ समस्यालाई हल गर्न सो भवनको अण्डरग्राउण्डमा करीब डेढ सय कार पार्किङ गर्न मिल्ने व्यवस्था गरिने समेत उपकुलपति गुरुङले बताए ।

उनले तेस्रो तल्लाको एउटा कर्नरमा कर्मर्सियल बैक, तथा फार्मेसी राख्ने समेत बताए । निर्माण प्रारम्भ भएको करीब अढाई बर्षमा सक्ने योजना भएको सो भवन बनिसकेपछि बीर अस्पतालको हालको क्षमता दोब्बर बढी हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *