स्वास्थ्य सचिव डा. पुष्पा चौधरी

732
Shares

काठमाडौँ, १३ पुस । स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ  डा.  पुष्पा चौधरी स्वास्थ्य सचिव भएकी छन् । आज बसेको मन्त्रिपरिषदको बैठकले डा चौधरीलाई सचिव बनाउने निर्णय गरेको हो ।

प्रमुख विशेषज्ञ चौधरी बरिष्ठताको आधारमा एक नम्बरमा थिइन । गत १८ मंसिरमा डा किरण रेग्मीले अवकाश पाएपछि उनले नै निमित्त सचिवको कार्यभार सम्हालेकी थिइन ।

विसं २०४८ सालमा आठौं तहबाट सरकारी सेवामा प्रवेश गरेकी चौधरी ०६२ सालमा ११औं तहमा र गत असार ८ गते उनी १२ औं तहमा बढुवा भएकी थिइन्।

त्यसअघि उनले स्वास्थ्य सेवा विभागको महानिर्देशक, परिवार स्वास्थ्य महाशाखाकी निर्देशक र प्रसूतिगृह अस्पतालको निर्देशकको जिम्मेबारी सम्हालेकी थिइन ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *